१४ वर्षपछि सरोज पर्दामा

काठमाडौं : नायक सरोज खनाल पछिल्लो लामो समयदेखि अमेरीका बस्दै आएका छन् । नेपाल छँदा प्रेमपिन्ड, सारङीलगायत दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरेका सरोज अमेरिका बस्दै आए पनि उनले अभिनय गरेको चलचित्र भने लामो समयको अन्तरालपछि हेर्न पाइने भएको छ ।
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘मानव’मा उनको अभिनय हेर्न पाइने भएको हो । उनले केही वर्ष अगाडि नेपाल आएको बेला यसमा अभिनय गरेका थिए । १४ वर्षको अन्तरालपछि सरोज खनाललाई पुन: पर्दामा ल्याउने यो चलचित्र आउँदो माघ महिनामा रिलिज हुने भएको छ । ‘मानव’ सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेका छन् ।
यादव सिलवालको निर्देशनमा तयार भएको मानवमा सरोजका अलावा दीपशिखा शाहीको मुख्य भूमिका छ । निश्चल श्रेष्ठको कथा तथा गीत र विकास चौधरीको संगीत रहेको मानवमा सरोज खनाल लामो समयपछि पर्दामा देखिन लागेकाले पनि चलचित्रले सफलता हात पार्नेमा आफू ढुक्क रहेको निर्माता अचार्य बताउँछन् । (सौस)

प्रतिक्रिया