‘बाबुराम भट्टराईका पक्षमा माहोल बनेको छैन’

काठमाडौं, १८ मंसिर । कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई सहमतीय बनाउने सम्भावना नरहेको जनाएको छ ।
कांग्रेसले भट्टराई सरकारका पक्षमा कुनै पनि प्रकारको माहोल नबनेको दाबी गरेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले भट्टराई नेतृत्वको सरकारलाई सहमतीय सरकार बनाउने कुनै सम्भावना नरहेको जनाएको छ ।
बैठकले भट्टराई सरकारका पक्षमा सहमतिको वातावरण बन्दै गएको भन्ने एमाओवादीको भनाइप्रति आपत्ति समेत जनाएको छ ।
बैठक पछि कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले सहमतीय सरकारका लागि एमाओवादीको नेतृत्व स्वीकार्य नहुने निष्कर्ष निकालेको जानकारी दिए । ‘बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै पनि सम्भावना छैन,’ उनले भने, ‘कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउने अडानमा छौं ।’

प्रतिक्रिया