स्वर्गीय भीमबहादुर तामाङजस्ता त्यागी र इमान्दार नेताबाट राजनीतिक नेतृत्वले कस्तो प्रेरणा लिन सक्नुपर्छ ?

अहिलेको समयमा इमान्दार, पार्टीप्रति ठूलो लगाव, त्याग गरेका नेता गुमाउनु भनेको नेपाली कांग्रेस मात्र नभई सिंगो मुलुकका लागि नोक्सान हो । सबैलाई समान रूपमा हेर्ने र सबैका कुरालाई समान रूपमा सुन्ने र बुझ्ने अनि कसैलाई पनि उपेक्षा र चोट नपुग्ने गरी समान व्यवहार गर्नुहुन्थ्यो  । बिपी कोइरालाप्रति उहाँको निकट सामिप्यता भएकै कारणले उहाँको राष्ट्र, जनता र प्रजातन्त्रप्रति ठूलो आस्था रहेको थियो । प्रवासमा हँुदा होस् वा नेपालमा रहँदा उहाँले बिपीसँग धेरै समय बिताउनुभयो । यही कारणले होला जीवनको अन्तिम समयसम्म पनि उहाँमा नेपाल राष्ट्र, जनता, राष्ट्रियता, प्रजातन्त्रप्रति उहाँको कुनै नकारात्मक सोच आएन । सधँै राष्ट्र र जनताप्रति इमान्दार, कर्तव्यनिष्ट र उत्तरदायी रहँदै प्रजातन्त्रका पक्षमा अडिग रहन पुग्नुभयो । अहिलेको राजनीतिक नेतृत्वले मुलुकलाई अग्रगतिमा लैजान सकेका छैनन् । व्यक्तिगत तथा पार्टीगत स्वार्थ र सत्तालिप्साका कारण मुलुक संकटको भूमरीमा परेको छ । यस्तो बेलामा मुलुकसामु देखा परेका समस्या समाधान गर्न राजनीतिक नेतृत्वले उहाँजस्ता राजनीतिज्ञबाट शिक्षा र प्रेरणा लिन सक्नुपर्छ ।

प्रतिक्रिया