भट्टराई सरकारलाई सहमतीय स्वरुप दिईने

काठमाडौं, १७ मंसिर । एमाओवादीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई सहमतीय स्वरुप दिनुपर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको पदाधिकारी बैठकले भट्टराई नेतृत्वको वर्तमान सरकारलाई नै सहमतीय सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसैबीच, पार्टी कार्यालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भट्टराई सरकारका पक्षमा धरातल बन्दै गएको समेत दाबी गरे । ‘प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा धरातल बन्दै आएको छ,’ उनले भने, ‘यहि सरकारलाई राष्ट्रिय स्वरुप दिनु पर्छ ।’
प्रवक्ता सापकोटाले शीतल निवास र सिंहदरवारबीच सुमधुर सम्बन्ध रहेको दाबी गरे । उनले विपक्षी दलहरुले राष्ट्रपतिलाई अनावश्यक रुपमा उचालेर विवादमा पारेको आरोप लगाए ।

प्रतिक्रिया