जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस हुने

काठमाडौ: अखिल नेपाल लनटेनिस संघको सहयोग तथा मन–जयकर टेनिस एकेडेमीको आयोजनामा ११ औँ जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिस मंसिर ३० गतेदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ उमेरसमूहमा सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै जुनियर ब्वाइज र गल्र्सको खुला डबल्समा पनि प्रतिस्पर्धा हुनेछ ।
खेलहरू सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछन् । प्रतियोगिताको नगद पुरस्कार राशि २ लाख ५० हजार रुपियाँ रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार जुनियर लनटेनिसमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशि हो । आठदिने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहने लनटेनिस संघकी उपाध्यक्ष ज्योती राणाले जानकारी गराइन् । (सौस)

प्रतिक्रिया