राष्ट्रपति डा.यादव ज्ञानेन्द्र होइनन् : पोखरेल

रुकुम, १५ मंसिर । एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रपति डा.रामवरण यादवलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग तुलना गर्न नहुँने बताएका छन् ।
‘राष्ट्रपति तत्कालीन राजा ज्ञानेन्द्र शाह जस्ता होइनन्,’ उनले भने, ‘राष्ट्रपति जनताकै छोरा हुन् ।’
रुकुम सदरमुकाम खलंगामा आज आयोजित एमालेको सातौं अधिवेशनमा उनले एमाओवादीले आरोप लगाए जस्तो राष्ट्रपति निरंकुश र तनाशाही नभएको बताए ।
महासचिव पोखरेलले राष्ट्रपतिलाई अधिकारनै नभएको पुतलीसँग तुलना गर्न पनि नहुँने उल्लेख गरे । उनले भने, ‘संविधानले दिएको अधिकारको प्रयोग गर्न पाउँनु राष्ट्रपतिको संवैधानिक अधिकार हो ।’
सहमतिका लागि दलहरुलाई सजक गराउँनु र समय तोकिदिनु कुनै असंवैधानिक कार्य नरहेको उनको भनाई छ । सहमतिबाट भाग्न प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिको कदमको विरोध गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया