तरुण दलद्वारा सचिवालय गठन

काठमाडौं, १४ मंसिर । नेपाल तरुण दलले आफ्नो चौथो महाधिवेशन सम्पन्न गराउन एघार सदस्सीय सचिवालय गठन गरेको छ ।
दलका अध्यक्ष उदयशम्शेर राणाको संयोजकत्वमा केन्द्रीय सचिवालय गठन गरिएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संगठनलाई वर्तमान परिस्थिती अनुरुप व्यवस्थित, चुस्त दुरुस्त बनाउन, देशका सम्पूर्ण तरुणहरुमा संगठनलाई व्यापक बनाउँदै लैजाने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०६९ माघमा हुन गइरहेको चौथो महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गराउन समेत केन्द्रीय सचिवालय गठन गरिएको छ ।’
अध्यक्ष राणाको नेतृत्वमा रहेको सचिवालय सदस्यमा रमेशप्रसाद खरेल, जन्मजय तिमिल्सीना, राधा घले, कृष्णदत्त पनेरु, नारायणप्रसाद भट्टराई, राम रोकाय सदस्य छन् । दिनेश राई, गोविन्द रानाभाट, धनराज तुम्वापो र मेखलाल श्रेष्ठपनि सचिवालय सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया