कोइराला प्रधानमन्त्री बन्लान् ?

प्रधानमन्त्री बन्ने इच्छा सबैमा हुन्छ । कुनै नेता बाहिर खुल्नुहुन्छ, कोही खुल्नुहुन्न ।  नेताहरूका आफ्नै तरिका हुन्छन् । सुशील कोइरालाले पहिलेदेखि नै नचाहनुभएको होइन, उहाँमा इच्छा नभएको भए सायद अरूलाई अघि बढाउनुहुन्थ्यो होला ।
शेरबहादुरजीले म बाधक बन्दिनँ भन्नुभएको छ । हामीसँगको छलफलमा पनि देउवाजीले प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताएको जानकारी दिनुभयो तर सहमतिमै पार्टी चलाउनुपर्छ भन्ने हाम्रो पुरानो माग हो । हामी लामो समयदेखि सहमतिकै आधारमा पार्टी चलाउनुपर्छ भन्दै आएका छौँ । पार्टीबाट कोही व्यक्ति प्रधानमन्त्री बन्ने विषय पनि सहमतिमै हुनुपर्छ भन्ने हाम्रो माग हो । तर, पार्टी सञ्चालनका लागि हामीले उठाएका मागबाटै प्रधानमन्त्रीको उम्मेदवारमा अप्ठेरो भन्ने हुँदैन ।
सभापतिले बाहिरबाट समर्थन गराएर अनि मात्रै पार्टीभित्रबाट निर्णय गराउने सोच लिनुभएको होला । पार्टी सभापतिले अरू दलबाट समर्थन ल्याउँदा शेरबहादुरजीबाट अप्ठेरो हुँदैन । पार्टीबाट निर्णय गराउने उहाँले नै हो । केही विश्वास भएरै सभापतिजी प्रधानमन्त्रीका लागि अघि बढ्नुभएको होला ।

प्रतिक्रिया