फोटो छपाएबापत एक रात

अमेरिकाको चर्चित म्यागेजिन प्लेब्वायमा फोटो छपाउने चाहना प्राय: हरेक चर्चित मोडेलको हुन्छ । प्लेब्वायमा फोटो छापिनासाथ मोडेलहरू रातारात सेलिब्रेटी हुन पुगेका उदाहरण पनि थुप्रै छन् । तर, प्लेब्वायलाई आरोप लाग्ने गरेको छ– कभरमा फोटो छपाउनका लागि कुनै पनि मोडेलले यसका मालिकसँग रात बिताउने सम्झौता गर्नुपर्छ । आरोपअनुसार, प्लेब्वायका मालिक हग हफ्नरले म्यागेजिनको कभरमा छापिएका मोडेलसँग गहिरो सम्बन्ध बनाउने गरेका छन् । फोटो छापिनासाथ मोडेललाई उनी आफूसँग रात बिताउन बाध्य पार्छन् ।
हगमाथि लागेको यो आरोपलाई कतिले अनावश्यक हल्ला भनेका छन् त कतिले यथार्थ । त्यसो त ८६ वर्षे हग आफैले पनि बेलाबखत यो आरोपलाई पुष्टि गर्ने खालका अभिव्यक्ति दिँदै आएको एजेन्सीले उल्लेख गरेको छ । ‘प्लेब्वायको कभरमा छापिएका मध्ये ९९ प्रतिशत केटीसँग मैंले रात बिताएको छु,’ हगले कुनै बेला दिएको अभिव्यक्ति एजेन्सीहरूले उद्धृत गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया