राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व किन बढ्दैछ ?

राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम सिफारिस गर्ने राष्ट्रपतिबाट राजनीतिक दलहरूलाई आह्वान गरेपछि राष्ट्रपति र सरकारबीच द्वन्द्व सिर्जना भएजस्तो देखिएको छ । बाहिर हल्ला सुनिएजस्तो केही भएको होइन । सबै राजनीतिक दललगायत सबै पक्षलाई मिलाएर अगाडि बढिरहेका छौँ । मुलुकमा त्यस्तो कुनै द्वन्द्वको अवस्था सिर्जना हुन सक्दैन । किनकि सरकार द्वन्द्व निम्त्याउने पक्षमा पनि छैन । राष्ट्रपतिको आह्वानका बारेमा मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपालको अन्तरिम संविधान–२०६३ को मर्म र भावना संस्मरण गराउन खोजिएको मात्रै हो । मुलुकसामु देखा परेका सबै समस्या समाधान गर्न सरकार हदैसम्म लचकता अपनाएर बढ्न तयार छ । यसका लागि हामी सबै राजनीतिक दल र तिनका नेताहरूसँग वार्ता, संवाद र छलफलमार्फत मुलुकलाई निकास दिने सहमतिका लागि लागिपरेका छौँ । तसर्थ, अहिलेको सामान्य अवस्थामा मुलुकका दुईटा संस्थाहरू राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बीच कुनै द्वन्द्व पैदा भएको रूपमा बुझ्न हुँदैन ।

प्रतिक्रिया