विद्या बालान विवाहको तयारीमा

नयाँ दिल्ली : बलिउडमा चलचित्र अभिनेता र अभिनेत्रीहरूको विवाह गर्ने लहरै चलेको छ । केही समयअगाडि सैफ अली खान र करिना कपुर विवाह बन्धनमा बाँधिए भने अहिले ‘डर्टी पिक्चर्स’बाट चर्चामा आएकी अभिनेत्री विद्या बालान आफ्ना प्रेमी सिद्धार्थ राय कपुरसँग विवाह गर्नेे तयारीमा लागेकी छन् । यो जोडीको विवाह आगामी डिसेम्बरमा हुने भएको जनाइए पनि निश्चित दिन भनेर तय भइसकेको भने छैन ।
सिद्धार्थ र बालान ०१० बाट एक–अर्कासँग नजिकिएका थिए । सिद्धार्थ युटिभी मोसन पिक्चर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । बालनले पनि सिद्धार्थसित आफ्नो विवाहको समाचार सत्य भएको बताएकी छन् । बलिउड मिडियाहरूले जनाएअनुसार बालानको विवाह १४ डिसेम्बरमा तमिल रीतिरिवाजअनुसार हुने भएको छ । बलिउड अभिनेत्रीहरू काजोल, ऐश्वर्या, करिश्मा, करिना आदिले बलिउडमा एउटा करियर बनाएपछि विवाह गरे र विवाहपश्चात् पनि बलिउडमा सक्रिय नै रहेकाले विद्या पनि विवाहपछि बलिउडमा सक्रिय रहने अनुमान गरिएको छ । बालानको विवाहका लागि कपडा भने उनकै फेसन डिजाइनर साथी सव्यसाचीले तयार पार्ने भएकी छन् भने विवाहका विभिन्न विधिमा लगाउने १८ पिस साडी पनि तयार गरिसकिएको छ । तमिल रीतिरिवाजअनुसार विवाहमा अनेक पहिरन फेरिइरहनु पर्ने एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया