सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आह्वानलाई कसरी लिनुभएको छ ?

सहमतिको सरकार अतिआवश्यक हँुदाहँुदै पनि राजनीतिक दलहरूले अन्तरिम संविधानमा गरिएको वाध्यात्मक व्यवस्थालाई हटाए । त्यसपछि अहिलेसम्म जहिले पनि बहुमतीय सरकार बनिरहेको अवस्था छ । सबै राजनीतिक दलका नेताहरूले राष्ट्रिय सहमतिको सरकार त भनिरहका छन् । तर, व्यवहारमा एउटा दलको नेतृत्व अर्काले नस्वीकार्ने अवस्था छ । राष्ट्रपतिलाई यो सरकार हटाएर अर्को सरकार गठन गर्ने अधिकार संविधानले प्रदान गरेको छैन । सात दिनसम्म सरकार गठन नभए त्यसपछि राष्टपतिले के गर्छन् ? यसले राष्ट्रपति र दलहरूबीच द्वन्द्व बढाउने काम गर्छ । यो भन्दा पनि राष्ट्रपतिले दलका नेताहरूलाई शीतलनिवास बोलाएर सहमति नगरुन्जेलसम्म त्यहाँबाट बाहिरिन दिनुहँुदैन । यो सरकार निर्वाचित नै हो । चुनाव घोषणा गरेकाले न कामचलाउ भएको हो । सहमतिका लागि दबाबसम्म राष्ट्रपतिले दिन सक्छन् । राष्ट्रपतिले सहमतीय सरकारको प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरूलाई आह्वान गरेर आपैँm विवादमा तानिने काम गरेका छन् ।

प्रतिक्रिया