विदेशी अस्पतालहरूले होर्डिङ बोर्ड राखेर आफ्ना सेवाको प्रचार प्रसार गर्न पाइन्छ ?

नैतिक रूपले यसरी होर्डिङ बोर्डहरू नै राखेर प्रचार–प्रसार गर्न त नपाइने हो । कानुनी रूपमा भने केही छोटो समयका लागि गर्न पाउने व्यवस्था गरिएको छ । जस्तो कुनै पनि अस्पताल, क्लिनिक तथा स्वास्थ्यसँग सम्बन्धित संघसंस्थाहरूले कुनै नयाँ सेवा सञ्चालन गरेमा लगातार सात दिनसम्म प्रचारप्रसार गर्न पाउँछन् । त्योभन्दा बढी न त नैतिक रूपले प्रचार–प्रसार गर्न पाउँछन् न त कानुनी रूपले नै पाइन्छ । यससम्बन्धी व्यवस्था नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा पनि उल्लेख गरिएको छ । साथै स्वास्थ्य मन्त्रालयमा अनुगमन गर्ने महाशाखा नै स्थापना गरिएको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलका साथै चिकित्सा शाखाले पनि अनुगमन गर्ने जिम्मा पाएको छ । तर, व्यवहारमा अनुगमन भइरहेको अवस्था छैन । आचारसंहिता अनुरूप अनुगमन नहुँदा यस्ता विकृतिहरू बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया