“सेक्समा केटा नै अगाडि”

एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
रूख बन्थेँ । मानिसहरूलाई शीतलता दिन्थेँ । फल फलाएर मानिसको आहारा बन्थेँ ।
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
मा… †
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरी आइपुगे ?
नदेख्ने गरी फ्याँकिदिन्थेँ । देखिहालेमा सरी माग्थेँ ।
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
ऊ मभन्दा उमेरमा बच्चै छ । त्यसो त प्रेममा उमेर हेरिन्न, स्वीकार गर्थें ।
तपाईंहरूबीच बिहे हुन लाग्दा उनकी प्रेमिका सेलेना रुँदै आइन् भने ?
रुँदैमा माया पाउने भए जो पनि रोइहाल्थे नि † जस्टिनले मलाई नै माया गर्छ भने उनले बुझ्नुपर्छ । को कसको हुन्छ, त्यो त भाग्यले निर्धारण गर्छ ।
कस्तो बेला यौन अनुभूति प्रकट हुन्छ ?
सिमसिम पानीमा रुझ्दा ।
रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
छैन ।
स्वप्नदोषको अनुभव कस्तो छ ?
अभिनेता साहिद कपुरसंग सपनामा मज्जाले चुम्वन खाएको छु । सेक्समा पुग्नै लाग्दा २३ चोटि सपना चकनाचुर भएको छ ।
तपाईंका साथमा अहिले कति नगद छ ?
साढे नौ हजार रुपियाँ । त्यो पनि दसैँमा टीका लगाएर र तासमा जितेर जम्मा गरेकी ।
टाइटानिकको नयाँ सिक्वेलमा खेल्ने अफर आए ?
हलिउड चलचित्र त मेरो सपना हो । आँखा चिम्लिएर स्वीकार्छु ।
बिहेपछि पतिले सेक्ससम्बन्ध राख्न नमाने ?
रिसर्चहरूले सेक्समा महिला अगाडि रहेको बताएका छन् तर मलाई त्यस्तो लाग्दैन । सेक्समा केटा नै अगाडि बढिरहेका हुन्छन् । बिहेपछि सेक्स गर्न नमान्ने पति रहेछ भने त सिधै डिभोर्स नै गर्नुपर्ला †

प्रतिक्रिया