सरकार भ्रष्टाचारमा चुर्लुम्मः यादव

विराटनगर, २० कात्तिक । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डूबेको आरोप लगाएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले सरकारले भ्रष्टाचारलाई संस्थागत रुप दिएको दाबी गरे । उनले भने, ‘वर्तमान सरकार संस्थागत रुपमै भ्रष्टार गर्न लागीपरेको छ ।’
उनले सरकारका मन्त्रीले विभिन्न वहानामा राज्यकोषको ढुकुटीमा व्रम्हलुट मच्चाएको बताए ।
वर्तमान सरकार रहे सम्म मुलुकले निकास पाउन नसक्ने बताएका अध्यक्ष यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमनको माग गरेका छन् । उनले भने, ‘राजनीतिक सहमति र निकासका लागि भट्टराई सरकारको वहिर्गमन अनिर्वाय छ ।’

प्रतिक्रिया