जाजरकोटमा खुकुरी प्रहार


काठमाडौं, १४ कात्तिक । जाजरकोट जिल्लाको रामीडाँडा गाविस वडा नम्वर–६, श्रीपाचौरमा अज्ञात समूहले खुकुरी प्रहार गरेर एक जनालाई गम्भीर घाईत बनाएको छ ।
श्रीपाचौरस्थित आफ्नै निवासमा सुती रहेका ४२ वर्षीय भक्तबहादुर घर्तीलाई आज विहान अज्ञात समूहले घाँटीमा खुकुरी प्रहार गरेर भागेको इलाका प्रहरी कार्यालय रामीडाँडाका प्रहरी निरीक्षक बिर्खबहादुर कार्कीले जानकारी दिए । उनलाई दुई जनाको समूहले आक्रमण गरेर भागेको आफन्तले जनाए ।
घटनास्थल श्रीपाचौर सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्छ । खुकुरी प्रहार गर्ने समूहको खोजी भईरहेको छ ।
घाँटीमा खुकुरी लागेका घर्तीको अवस्था चिन्ताजनक रहेको निरीक्षक कार्कीले बताए । घर्तीको घाँटीको नली काटिएका कारण सोहीस्थानबाट स्वासप्रश्वास समेत भएको छ ।

प्रतिक्रिया