मानिस समाजमा वस्ने सामाजिक प्राणी भएको हुँदा उसले समाजमा थुप्रै मूल्यमान्यताहरू स्थापित गरेको छ । तिनै मूल्य र मान्यता मध्ये कतिपय चाडपर्वका रूपमा स्थापित भई युगाँैयुगदेखि निरन्तरता पाउँदै आएका छन् । आ—आफ्नो परम्परा अनुसार हरेक वर्ष ती चाडपर्वलाई क्षमता र औकात अनुसार मनाउनु आफ्नो कर्तव्य नै ठान्छन् । ०६९ सालमा पनि दसैँ, तिहार, बकर इद, नेपाल संवत छठलगायतका चाडपर्व हर्षोल्लासका साथ मनाउन नेपाली जनता सक्रिय रहे । यसै क्रममा कतिले फेसबुक, मोबाइल, रेडियो, टिभी, पत्रपत्रिकालगायत उपलब्ध हुन सक्ने साधन र स्रोत मार्फत शुभकामना आदानप्रदान गरे भने विभिन्न संघ, संगठन, सामाजिक संघ, संस्थाले कार्यक्रम नै राखेर शुभकामना आदानप्रदान गरे । त्यसै मध्ये नेपाल इतिहास संघले २४ असोज बिहीबारका दिन पद्मकन्या क्याम्पस बागवजारमा शुभकामना आदान प्रदानको कार्यक्रम गर्यो । उक्त कार्यक्रम केवल शुभकामनाको औपचारिकतामा मात्र सीमित रहेन । नेपाल इतिहास संघका नाममा नयाँ वेबसाइटको उद्घाटन गरेर नयाँ अध्यायका साथ शुभकामना आदाप्रदान गर्यो ।
इतिहास विगतका घटना कसरी भए, किन भए, त्यसको परिणाम के आयो जस्ता कुरामा निष्पक्ष भई लेखिने दस्ताबेज हो । जुन दस्ताबेजले विगतको अध्ययन गर्दै भविष्यको मार्ग पहिल्याउने काम गर्छ । हाम्रो देशमा इतिहासको अध्ययन नगरेका कारण एकै प्रकारका घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । भावी भुलबाट बच्न विगतका भुलहरूबाट सिक यो उखान हजारौँ वर्षदेखि मानव जातिका बीच जीवन्त छ । यसको अर्थ इतिहासको अध्ययन गर भनेको हो । इतिहासको अध्ययनबाट पाठ सिक्दै भविष्यको दिशा निर्धारण गर्नुृ पर्नेमा त्यसो भएको छैन् । इतिहास बिस्तारै आफैमा इतिहास बन्दै जाने अवस्थामा छ । इतिहासमा चासो राख्नेहरू हराउँदै जान थालेका छन् । इतिहास विषयको जनशक्ति उत्पादन गर्ने इतिहास विभाग नै अहिले दुब्लाउँदै गएको छ । विद्यार्थीको संख्या अत्यन्त न्यून छ । तैपनि, इतिहास आपँैmमा एउटा पक्ष हो भन्ने मान्यताका साथ इतिहासकारहरूले नयाँ सोचलाइ अगाडि ल्याएका हुन् । राज्यपक्ष नै इतिहास प्रति उदासिन बनिरहेको फाइदा निहित स्वार्थ राख्नेहरूले उठाउन थालेका छन् । इतिहास कसैले मेटेर मेटिने बस्तु नै होइन तर पनि भ्रमहरू सिर्जना गरेर त्यसलाई ओझेलमा पार्ने काम भइरहेको छ । गणतन्त्रको स्थापनासँगै मुलुकलाई संघीय राज्यमा लैजाने भएपछि जातीय राज्यका कुरा जोडदार रूपमा उठेका छन् । केही दशक अगाडिमात्र लुक्दै र भाग्दै आएर बसोबास गर्नेहरूले आफूलाई आदिवासी भनेर दावी गरेका छन् । आदिवासी जनजातिलाई एउटै वाक्य वनाएर उठाइएको छ । इतिहासको गहन अध्ययन नै नगरी केहीलाई आदिवासी जनजाति भन्दै आरक्षणको व्यवस्था गरेको छ । बुद्धि नै नहुने भन्दा अल्पबुद्धि हुने झनै हानिकारक हुन्छ भन्ने कुरा यहाँ देखिएको छ । त्यसैहुँदा कसैले कुनै कुराको दावी गर्छ भने त्यो इतिहासमा लेखिएको हुनुपर्छ प्रमाणहरूले प्रमाणित गरेको हुनुपर्छ । इतिहास प्रमाणित डकुमेन्टका आधारमा लेखिने भएको हुँदा जबसम्म कुनै पनि कुरालाइ इतिहासले प्रमाणित गर्दैन तबसम्म त्यस्ता भ्रमका पछाडि लागेर समाजलाई तहसनहस पार्ने कामलाइ रोक्न सरकार लाग्नु पर्छ भन्ने मान्यता इतिहासविदहरूले अगाडि ल्याए । इतिहास सम्वन्धी ज्ञान लिन त्यसका बारेमा बुझ्न सजिलो होस भन्ने उद्देश्यका साथ नयाँ वेभसाइड खोलेको कुरा सो कार्यक्रममा सुनाइएको थियो ।
इतिहासलाइ कुनै पनि देशको गहना नै मानिन्छ । त्यसैले हरेक राष्ट्रले आफ्नो देशको इतिहासलाई गर्वको विषय ठान्छन् । इतिहासको संरक्षण गर्ने सिंगो राष्ट्र नै लाग्छन् । नेपाल कै सन्दर्भमा भन्नुपर्दा पनि गौतम बुद्धको देश, वीर गार्खाली भनेर आजसम्म पनि विश्वमा चिनिन्छ । यो इतिहास हो, यो हाम्रो गौरव हो तर यसको महत्त्व बुझ्न सकेनौँ । आफ्नो देशको इतिहास नबुझ्नेले देशलाई माया गर्दैनन् यो यथार्थलाई बुझेर विकसित देशहरूले आफ्ना नागरिकलाई देशभक्ति बनाउन इतिहासको ज्ञानलाई अनिवार्य वनाएका छन् । तर, नेपालको सन्दर्भमा भन्नुपर्दा ‘भाइ फुटे गँवार लुटे’ भने जस्तै भएको छ । इतिहासलाइ बचाउन होइन भत्काउन लागेको अवस्था छ । आफ्ना गलत सोचलाई लागू गर्न इतिहासले प्रमाणित गरेका कुरालाई नष्ट पार्ने काम हुन थालेको छ । यस्ता कामले क्षणिक फाइदा त होला तर कालान्तरमा त्यो ठूलो क्षतिमा परिणत हुने छ । हामीले हाम्रो इतिहास संरक्षण गर्न नसकेकै कारण गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रम पिँmजाइ रहेको छ । करोडाँै लगानी गरेर डुब्लीकेट लुम्बिनी निर्माण गरेको छ । गौतम बुद्धलाई आफ्नो बनाउन अनेक उपाय खोजिरहेको छ तर हामी गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्नेतिर लाग्नु भन्दा आफूलाई आदिवासी बनाउन इतिहास नै लोप हुने कुरा गर्दै छौँ । यही नै अहिलेको चिन्ताको विषय हो भन्ने कुरा जोडतोडका साथ उठेको थियो ।
जष्कबल)द्दण्ज्ञद्द२थजयय।अयm इमेल एड्रेसबाट आफ्नो पहिचान वनाएको नेपाल इतिहास संघका बारेमा अब भने नयाँ वेभसाइडबाट जानकारी लिन सकिन्छ । जसलाई धधध।जष्कबललभउब।ियचन। मा गएर हेर्ने सकिने छ । वेबसाइटको उद्घाटन नेपाल इतिहास संघका संरक्षरक एवम् इतिहासविद चित्तरञ्जन नेपाली र लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति एवं इतिहासविद तुलसीराम वैद्यले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष प्रा.डा.विजयकुमार मानन्धरले गरेका थिए । अन्य समयमा इतिहास सम्वन्धी राखिने कार्यक्रममा उपस्थिति न्यून हुने गरेको भए पनि यस कार्यक्रममा भने उपस्थिति उल्लेख्य नै थियो । प्रा.डा.कृष्णबहादुर थापाले ‘इतिहासलाई मेट्दै जाने हो भने मानव सभ्यता नै मेटिएर जान्छ । संसारमा जति पनि सभ्यताको कुरा गर्छाै त्यो इतिहासले बचाएको हो । यस्तो गहन र महत्त्वपूर्ण विषयलाई हामीले वुझाउन सकेनाँै र इतिहास आज इतिहासमा सीमित हुन पुग्दै छ’ भन्ने चिन्ता व्यक्त गरेका थिए । शुभकामना आदान प्रदान गर्ने भने पनि अधिकांश समय इतिहासकै बारेमा चर्चा भएको थियो । कार्यक्रमकै दौरानमा संघका अध्यक्षले ‘वेभसाइडका बारेमा जति सक्दो धेरैलाई जानकारी गराउने, इतिहासका बारेमा उठेका जिज्ञासा मेटाउने स्रोतका रूपमा यसलाई बिकास गर्दै लैजाने उद्देश्य रहेको बताए । आफूहरू इतिहास विषयको प्रा.डा.हुने तर इतिहास नै कठिन मोडमा उभिएका बेला इतिहासविदहरू जागरुक नहुनु दु:खको कुरा हो । हाम्रो यो प्रयासले एकपटक सबैलाई ब्युझाउने छ’ भन्ने बिश्वास गरेका थिए । इतिहासविद्हरू जम्मा भएको त्यो कार्यक्रम र त्यहाँ उठेका कुरा सुन्दा इतिहास नबुझ्दासम्म न राजनीति सफल हुन्छ न आर्थिक विकास गर्न सकिन्छ, न देशको माया लाग्छ, देश त केवल अबुझहरूको क्रिडास्थलमात्र बन्दो रहेछ भन्ने यो पंक्तिकारलाई पनि लाग्यो । यदि देशलाई साँच्चै नै आर्थिक, सामाजिक, राजनीतिक रूपले अगाडि बढाउने हो भने इतिहास विषयको ज्ञान हुनैपर्छ । इतिहासको ज्ञानविना शासन गर्ने शासकहरू समुन्द्रको बीचमा हराएको नाविकजस्ता हुनेरहेछन् । एकै प्रकारका घटना बारम्बार दोहरिँदा रहेछन् । यसमा सबैले ध्यान दिनै पर्ने भएको छ ।
प्रतिक्रिया