काठमाडौं, ५ कात्तिक । नेप्से परिसूचक सुधारोन्मुख भएको छ । गत सताको पहिलो दिनको तुलनामा नेप्से १० दशमलव शून्य ८ अंकले वृद्धि भई अन्तिम दिन चार सय ३६ दशमलव ७१ अंकमा पुगेको छ ।
गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय २१ कम्पनीको कारोबार भएको छ । जसमा चार हजार दुई सय ८६ कारोबारबाट १६ करोड ५७ लाख ९१ हजार हजार रुपियाँ बराबर ६ लाख १३ हजार नौ सय ५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो साता एक सय ३६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार ६ हजार पाँच सय २२ कारोबारबाट ४३ करोड ३५ लाख आठ हजार रुपियाँ बराबरका २३ लाख ६० हजार पाँच सय ७१ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ६१ दशमलव ७६ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र नौ करोड ५७ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५७.७५ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशलव ८५ अंकले वृद्धि भई एक सय ११ दशलव शून्य ३ अंकमा पुगेको छ । यस साता कारोबार रकम तीन करोड ७८ लाख रुपियाँको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर ४८ हजार तीन सय ६० कित्ताको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा दुई सय ५७ वटाको आधारमा एभरेस्ट बैंक कम्पनी अग्रस्थानमा छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा एभरेस्ट बैंक, सिद्र्धाथ बंैक, नेपाल दूरसञ्चार कम्पनी, बंैक अफ काठमाडौं र नेपाल बंगलादेश बंैक रहेका छ । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । सेयर सूचीकरणतर्फ भने यति फाइनान्स, राइजिङ डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, स्वावलम्बन लघुवित्त विकास बंैक र नेसनल लाइफ इन्स्योरेन्स रहेका छन् ।
प्रतिक्रिया