सचिवहरूको दसैँ विपश्यनादेखि गाउँसम्म

 

काठमाडौं, ५  कात्तिक । नेपाल सरकारका अधिकांश सचिवले यसपटकको दसैँ गाउँमै गएर मनाउने तयारी गरेका छन् । मासुजन्य परिकार खाएर टीकोटालो गरी परम्परागत दसैँ मनाउने तयारी गरेका केही सचिवले भने टीकोटालो र दक्षिणामा धेरै खर्च हुने बताए ।
चाड पर्वका नाममा विकृति फैलँदै गएको बताउने केही सचिवले भने दसैँलाई मितव्ययी बनाउन आफैँले अभियान थाल्ने पनि दाबी गरे ।, परिवारमा थोरै सदस्य भएका एक सचिव भने दसैँमा विपश्यना ध्यान केन्द्र गएर ध्यान गर्दै छन् । दसँै मनाउन गुल्मीस्थित पुख्र्यौली घर जाने तयारी गरेका मुख्यसचिव लीलामणि पौडेलले दसैँमा मान्यजनका हातबाट टीका र आशीर्वाद लिने र अन्य बेलाको जस्तै सामान्य खानपिन गर्ने बताए । ‘मैले यसपालिको दसँैमा सामाजिक सद्भाव बढाउने, ठूलाबाट आशीर्वाद लिने र त्यसलाई मनन गरी दसँै मनाआँै भन्ने अभियानको नेतृत्व गर्ने कार्यक्रम तय गरेको छु,’ पौडेलले भने, ‘फजुल खर्च रोकेर साधारण खर्चबाटै दसँै मनाउने सोचाइ बनाएको छु ।’ चाडपर्वका नाममा अनावश्यक खर्च गर्ने, जाँड–रक्सी पिउने र तास खेलेर सम्पत्ति सक्नेजस्ता काममा समाज उन्मुख हुँदै गएको बताउँदै पौडेलले त्यसलाई रोक्न माथिबाटै अभियान थाल्नुपर्ने बताए । विकृति हटाउन समाजका अगुवाहरूबाटै असल परम्पराको सुरुआत गर्नुपर्ने उनको भनाइ थियो ।
मासु दसैँमा खाने मुख्य परिकार भनिए पनि ऊर्जा आयोगका सचिव विश्वप्रकाश पण्डितले आºनो परिवारका सबै सदस्यले शाकाहारी दसैँ मनाउने बताए । ‘मेरो परिवार मात्र होइन, मेरो घरको कुकुर पनि भेजिटेरियन हो, कुकुरले समेत माछा मासु खाँदैन,’ पण्डितले सौर्यसँग भने, ‘टीकोटालो र दक्षिणाका लागि आठ/दस हजार रुपियाँ छुट्याएको छु, धेरै खर्च गर्नुहुन्न ।’ अघिल्ला वर्ष पुख्र्याैली घर पोखरा गएर दसैँ मनाउने गरेका उनले यसपटक राजधानीमै दसैँ मनाउने तयारी गरेका छन् । दसैँमा पनि अन्य बेलाझैँ खानपिन हुने टीकोटालो र दक्षिणामा अतिरिक्त खर्च हुने उनको भनाइ थियो । ‘यतै रहियो भने, अघि–पछि रेगुलर रूपमा घरमा जो पकाएर खाइन्थ्यो दसँैमा पनि त्यही खाएर मनाइन्छ,’ पण्डितले भने ।
शिक्षासचिव सुरेशमान श्रेष्ठलाई दसैँ पहिलेजस्तो रमाइलो लाग्दैन, उनले परिवारका उत्तराधिकारीलाई संस्कृति सिकाउन मात्र दसैँ मनाउन लागेको बताए । ‘एक वर्षसम्म भेट नभएका परिवारसँगै बसेर खुसीसाथ दसँै मनाउने योजना बनाएको छु,’ उनले भने, ‘बच्चाहरूलाई आºनो कल्चर सिकाउन पनि त दसँै मनाउनै पर्‍यो नि †’ उनले नेवारी परम्पराअनुसार मासु, रक्सी खाने र टीकाटालोमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुने बताए । ‘नेवारी परम्पराअनुसार रक्सी, मासु खाएर दसैँ मनाउँछौँ,’ श्रेष्ठले भने, ‘टीकोटालोका लागि २०/२५ हजार रुपियाँ छुट्याएको छु ।’
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालका सविच कृष्ण ज्ञवाली अष्टमीसम्म राजधानीमै दसैँ मनाएर नवमीमा गुल्मीस्थित घर जाने तयारीमा छन् । आमा–बुबासँग टीका लगाएर केही जिल्लाको भ्रमण गरेर फर्कने उनको योजना छ । तास नखेल्ने र रक्सी नखाने भएकाले दसँै सामान्य मात्रै खर्चमा टर्ने ज्ञवालीले बताए ।
अर्घाखाँची पुख्र्याैली घर भएका शान्ति मन्त्रालयका सचिव सुशील घिमिरे यसपालिको दसँै राजधानीमै मनाउने तयारीमा छन् । सहरमै बसेर दसैँ मनाउँदा माछामासुबाहेक अरू कुरामा धेरै खर्च नहुने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले तीन केजी मासु किनेर दसैँ मनाउने तयारी गरेको बताए । ‘श्रीमती मासु खान्नन् उनलाई फर्सीको गट्टो भए पुग्छ, हामी बाउछोरालाई दिनको एक किलोका दरले तीन किलो मासु भए दसैँ सकिन्छ,’ गौतमले भने, ‘टीका लगाएर पहिलेजस्तो पाँच रुपियाँ दिने कुरा भएन, सय रुपियाँसम्म दिनुपर्ने हुन्छ, त्यसमा चाहिँ केही खर्च हुन्छ ।’
सहरको दसैँ महँगो हुने बताउँदै रक्षासचिव तिलकराम शर्मा गुल्मीस्थित घरमै गएर खसी काटेर दसैँ मनाउने तयारीमा छन् । ‘राजधानीमै बसेर दसँै मनाउँदा निकै खर्च हुन्छ,’ शर्माले भने, ‘खसी घरमै छ, चिउरा–चमाल पनि घरमै हुन्छ, टीकोटालोका लागि सामान्य खर्च हुन्छ, त्यसबाहेक खासै खर्च हुँदैन ।’ सामान्य प्रशासन सचिव दुर्गानिधि शर्माका घरमा माछामासु नचल्ने भएकाले टीकोटालोमा मात्रै खर्च हुने उनले बताए । ‘टीकोटालोबाहेक अन्य कुरामा खर्च हुँदैन,’ शर्माले भने, ‘टीका लगाएर एक सयका दरले दक्षिणा दिन्छु, म सधँै सिम्पल तरिकाले दसँै मनाउँछु र यसपटक पनि त्यही गर्छु ।’ निर्वाचन आयोगका सचिव ज्ञानदर्शन उदास भने यस वर्षको दसैँमा नेपाल विपश्यना केन्द्रमा गएर ध्यान गर्ने बताए । ‘म फूलपातीदेखि विपश्यना केन्द्रमा गएर ध्यान गर्छु, श्रीमती दाजुको घरमा गएर दसँै मनाउँछिन्,’ उनले भने ।

प्रतिक्रिया