आइतेलाई दोस्रो स्थान

काठमाडौं : माउन्ट किनाम्ब्लु अन्तर्राष्ट्रिय क्लाइम्बाथन रेसमा नेपालका आइते तामाङ दोस्रो भएका छन् । ३ सय ५० धाबक सहभागी रेसमा स्पेनका किलियान जोर्नेट पहिलो भए । २३ किलो मिटर लामो यो टुर संसारकै कठिन टुरमध्ये पर्छ । जार्नेटले पहिलो स्थान पाउने क्रममा २ घन्टा ११ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरे भने अनिलले २ घन्टा १३ मिनेट ११ सेकेन्ड लगाए । जापानका मायारु तोरुणले २ घन्टा १५ मिनेट १४ सेकेन्डमा रेस पूरा गर्दै तेस्रो स्थान सुरक्षित गरे ।

थापाको उत्कृष्ट प्रदर्शन
काठमाडौं : भारतमा सञ्चालन भइरहेको नागपुर ओपन चेस प्रतियोगितामा नेपालका कृष्ण थापाले राम्रो सुरुवात गरेका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा कृष्णले बंगलादेशका ग्रान्डमास्टर आठौँ बरियताका अब्दुल्ला अल रकिब (२५१३) सँग बराबरी गरे । उनी एकै महिनामा दुई ग्रान्डमास्टरसँग बराबरी गर्न सफल भएका छन् । उनले इलाममा भएको रामप्रसाद स्मृति चेस प्रतियोगितामा पनि रुसी ग्रान्डमास्टर अलेक्जेन्डर फोमिनीसँग बराबरी गरेका थिए ।

तुलसी—प्रकाश जोडीलाई उपाधि
काठमाडौं : तुलसीकुमार महर्जन र प्रकाश राईको जोडीले चौथो बविनविक्रम विष्ट स्मृति रनिङ सिल्ड आइसबर्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ डबल्सको उपाधि जितेका छन् । किङ कम स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा तुलसी र प्रकाशको जोडीले थमबहादुर राना र नारायण रानाको जोडीलाई २१–१७ र २१–१९ ले पराजित गरे । सौस

प्रतिक्रिया