दाङ, २९ असोज । दाङमा आज भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
काभ्रे गाविसको तापाबाट कच्चा पदार्थ लिएर फर्कदै गरको ट्रिप्परले किच्दा सह–चालक २० वर्षीय महेश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना ४ ख २३७१ नम्बरको ट्रिप्परको तल पसेका बेला ट्रिप्पर चलाउँदा कञ्चनपुर जिल्ला दैजी गाविस स्थायी घरका चौधरीको मृत्यु भएको हो ।
यसैबीच, घोराही–तुलसीपुर सडकखण्डको हेमन्तपुरमा बसको ढोकाबाट खस्दा एक जना गम्भीर घाईते भएका छन् । रुकुम जाँदै गरेको ना ४ ख २२४ नम्बरको बसको ढोकाबाट खसेर रुकुम कार्की गाविसका २८ बर्षीय बिशाल बिक घाईते भएका हुन् । बिकको टाउकोमा चोट लागेको छ ।
उता, रोकिराखेको ट्याक्टरलाई बसले ठक्कर दिँदा देउखुरीको मजगाउँमा नौ जना घाईते भएका छन् । चैलाही–८, मजगाउँमा रोकी राखेको रा १ त ११५६ नम्बरको ट्याक्टरलाई काठमाडौबाट सल्यान जाँदै गरेको बा ४ ख ६१२४ नम्बरको बसले ठक्कर दिँदा नौ जना घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया