काठमाडौं, २७ असोज । पशुवली प्रथा विरुद्ध हिन्दूधर्म सम्बन्धित विभिन्न संघ/संगठनहरुले आज राजधानीमा र्याली निकालेका छन् ।
दशैँ र तिहार हिंसारहित बनाउन एवम् पशुवली प्रथा अन्त्य गर्ने उद्देश्यले राजधानीलगायत देशव्यापीरुपमा अभियान थालनी गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद्ले जनाएको छ । सोही अभियानअन्तर्गत आज राजधानीमा र्याली निकालिएको हो ।
भद्रकालीबाट शुरु भएको र्याली शहीदगेट, सुन्धारा, नयाँ सडक, बसन्तपुर, असन, भोटाहिटी हुँदै रत्नपार्कमा आएर सभामा परिणत भएको थियो ।
सभामा पशुवली निषेध चेतना अभियानका अध्यक्ष गोविन्द टन्डनले पशुपतिनाथको देशमा भइरहेको पशुवली प्रथाले ‘अहिंसा परमो धर्म’ सिद्धान्तको धज्जी उडाएको बताए ।
प्रतिक्रिया