प्राध्यापक संघमा रामेश्वर

काठमाडौं : प्राध्यापकहरूको छाता संगठन नेपाल प्राध्यापक संघको अध्यक्षमा रामेश्वर उपाध्याय निर्वाचित भएका छन् । सोमबार सम्पन्न नेपाल प्राध्यापक संघको १५आँै राष्ट्रिय सम्मेलनबाट शर्मा निर्वाचित भएका हुन् ।
प्रजातान्त्रिक प्राध्यापकबाट उम्मेदवारी दिएका उपाध्यायले प्रगतिशील प्यानलका चिरञ्जीवी शर्मालाई ११ मतले पराजित गरे । सोमबार सम्पन्न निर्वाचनमा उपाध्यायले १ सय ४० मत पाएका थिए भने प्रतिद्वन्द्वी शर्माले १ सय २९ मत ल्याए । यस्तै नेकपा–माओवादीनिकट प्राध्यापक संघबाट उम्मेदवारी दिएका विष्णुहरि शर्माले ११ मत पाए । सम्मेलनले उपाध्यायसहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । निर्वाचित कार्य समितिमा प्रजातान्त्रिकबाट अध्यक्षसहित ११ जना, प्रगतिशीलबाट ७, एमाओवादीनिकट राष्ट्रिय प्राध्यापक संघबाट २ र माओवादीबाट एकजना रहेका छन् । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सदस्यबाट चयन हुने नवनिर्वाचित अध्यक्ष उपाध्यायले जानकारी दिए । ३ सय १ मतदाता रहेकोमा २ सय ८८ मत खसेको थियो ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए । (सौस)

प्रतिक्रिया