सहारा एकेडेमीका लागि आठ लाख

पोखरा : दोबिल्लामा रहेको सहारा एकेडेमीको भवन निमार्णका लागि आइतबार ८ लाख १३ हजार २ सय ८० रुपियाँ क्लबलाई हस्तान्तरण गरिएको छ । सहारा युकेका समाजसेवीहरूद्वारा संकलित उक्त रकम सहारा युकेका सल्लाहकार दिलीपकुमार श्रेष्ठले क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन् ।
सहारा एकेडेमीको भवन निर्माणका लागि चन्द्रबहादुर गुरुङले २ लाख ५० हजार, हरि श्रेष्ठले २ लाख, चितवनका दीपक न्यौपानेले ५० हजार, काठमाडांैका खुनबहादुर गुरुङले ५० हजार, बेलायतका कृष्णदेव/ टीकाश्री गुरुङले ५० हजार, तेज गुरुङ/अञ्जु गुरुङले ५० हजार, युकेका स्वतन्त्र राजभण्डारीले १३ हजार २ सय ८० रुपियाँ सहयोग गरे । चन्द्रबहादुरले यसअघि ५० हजार रुपियाँ सहयोग गरेकाले यसपटकको सहयोगसँगै उनको नामबाट एमेडेमीको एक कक्षमा निजको नामाकरण गरिने भएको छ । त्यसैगरी हरि श्रेष्ठले यसअघि १ लाख र हाल २ लाख रुपियाँ दिएकाले निजको नामबाट समेत एक कक्षको नामाकरण गरिने भएको क्लबका महासचिव केशवबहादुर थापाले बताए ।
अघिल्ला प्रतियोगितामा झँै यस प्रतियोगितामा पनि सहारा युकेले प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई प्रदान गरिने म्यान अफ द म्याच ट्रफी एवं अफिसियललाई प्रदान गरिने ट्रफीसमेत हस्तान्तरण गरेको छ । (सौस)

प्रतिक्रिया