पहिचान खोज्दै हिँड्नु मुर्खताः नेता ओली

झापा, २१ असोज । एमाले नेता केपी ओलीले एकता र सहकार्य देख्न नचाहने तत्वले पार्टीभित्रका केही मान्छेलाई उक्साएको बताएका छन् ।
गृह जिल्ला झापामा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘एमालेमा पार्टी एकता देख्न नचाहने तत्वले केही नेतालाई उक्साएका छन् ।’ आफ्ना नेता उक्साउन तत्वका बारेमा भने उनले केही बताएनन् ।
उनले एमालेका कारण पहिचान बनाएका नेताहरुले पहिचान खोज्दै हिँड्नु मुर्खता भएको टिप्पणी गरे । जनजाति नेताहरुले समूहिक रुपमा एमाले परित्याग गरे लगत्तै नेता ओलीको यस्तो टिप्णी आएको हो ।
उनले दशैं पछि भट्टराई सरकार ढल्ने दाबी गरे । ‘यदि कसैले तानाशाही लाद्न खोज्छ भने त्यस्तालाई फाल्न एमाले सक्षम छ,’ नेता ओलीले भने ।

प्रतिक्रिया