विगत लामो समयदेखि मुलुक अनिर्णयको बन्दी बनेको छ । राजनीतिक दलहरू सत्तास्वार्थका लागि आ–आÏनै नेतृत्वको दावी गरिरहेका छन् । जनप्रतिनिधिमूलक निकाय संविधानसभा र व्यवस्थापिका संसद विगत चार महिनाभन्दा अघिदेखि विघटन भएका छन् । अन्तरीम संविधानले भावी राजनीतिक मार्गचित्र कोर्न नसक्ने अवस्था छ । यही परिवेशमा न त निर्वाचन गर्न सम्भव छ । नत यसका लागि आवश्यक पर्ने कानुन निर्माण र संशोधन गर्न सकिने अवस्था रहेको छ । तसर्थ, राजनीतिक दलहरूको सहमति र सहकार्य अपरिहार्य रहेको वर्तमान संकटपूर्ण अवस्थामा सत्तापक्ष र विपक्षमा रहेका राजनीतिक शक्तिहरू सत्ता र सडकभन्दा मध्यविन्दुमा उभिएर एकजुट हुनुबाहेकको विकल्प छैन । विगतका गल्तीबाट पाठ सिक्दै मुलुक र जनताका पक्षमा अब संविधान निर्माणका लागि राजनीतिक नेतृत्व संवेदनशील हुनैपर्छ । सबैले सहमतिको मार्गचित्र बनाई अगाडि बढ्नु आवश्यक छ । अब, यो मुलुकका युवाशक्तिले सडक संघर्षमा ओर्लिएका विपक्षी र सत्तालिप्सामा रमाइरहेका दलका नेताहरूलाई एक ठाउँमा ल्याई सहमति गराउन जनदवाव सिर्जना गर्नु अपरिहार्य छ ।
प्रतिक्रिया