‘आन्दोलन विफल बनाउने षड्यन्त्रमा सरकार’

पोखरा, १८ असोज । एमाले महासचिव ईश्वर पोखरेलले पोखरामा जारी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि भइरहेको आन्दोलन विभिन्न शक्ति केन्द्रको आडमा स्वयम् सरकार विफल बनाउन सक्रिय भएको आरोप लागएका छन् ।
पोखरामा आज आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनले सरकार आन्दोलन तुहाउन लागेको दाबी गरे । उनले भने, ‘विमानस्थल निर्माण जस्तो कामका लागि छुट्याइएको बजेटमा समेत कुनियत राख्ने एमाओवादीको भण्डाफोर गर्नु पर्छ ।’
उनले पोखराको विकासका लागि भएको आन्दोलनमा समग्र नेपालीहरुको समर्थन रहेको बताए ।
विमानस्थ सम्याउने तथा तारबार लगाउने कामका लागि छुट्याइएको बजेटबाट एकीकृत माओवादीले ५० लाख कमिसन लिएको सार्वजनिक भएको थियो । चर्को विरोध हुन थाले पछि स्थानीय एमाओवादीले पत्रकार सम्मेलन गरेर रकम लिएको स्वीकार गरेको थियो ।

प्रतिक्रिया