पत्नी मार्न खोज्ने पक्राउ

राजविराज, १४ असोज । पत्नीलाई मार्न खोजेको आरोपमा सप्तरी कोचाभखारीका रामनारायण स्वर्णकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कान्छी पत्नी २५ वर्षीया विभादेवीलाई मार्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

राजविराजस्थित अस्पतालमा उपचारार्थ भर्ना भएकी विभाले दिएको उजुरीका आधारमा स्वर्णकारलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पतिले आफूलाई जबरजस्ती विष खुवाएपछि भागेर राजविराज आएको र स्थानीयको सहयोगमा अस्पताल भर्ना भएको विभाले आरोप लगाएकी छन् ।
घाइते विभाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको तथा घटनाका विषयमा दुईपक्षीय कुरा आइरहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया