भारत भक्ति र विरोधको मनोविज्ञान

नेपालमा भारतप्रति मुख्यत: दुई खाले मनोविज्ञान पाइन्छ । पहिलो, भारतले नेपालका हरेक विषयमा अनावश्यक हस्तक्षेप गर्छ भन्ने ‘भारतविरोधी’ मनोविज्ञान । दोस्रो, भारत दाहिने नभई केही पनि हुँदैन भन्ने ‘भारत भक्ति’को मनोविज्ञान । नेपाली जनताको तहमा ‘भारतले नेपालको राजनीति, अर्थतन्त्र, नदीनालादेखि कर्मचारीतन्त्र, सुरक्षा निकाय र आन्तरिक सुरक्षा मामिलाका विषयमा समेत दबाब र हस्तक्षेप गर्छ, जुन अनुचित र अमर्यादित हो’ भन्ने पहिलो मनोविज्ञान विद्यमान छ । नेपाली नेताको तहमा चाँही ‘राजनीति, अर्थतन्त्र, भूगोल, संस्कृति, भाषा र जीवनशैलीका हिसाबले भारतको प्रभावलाई नकार्न नसकिने भएकाले जे पाउने/लिने हो उसैलाई खुसी पारेर, गुलामी गरेर मात्र प्राप्त गर्न सकिन्छ, अन्यथा सम्भव छैन’ भन्ने दोस्रो मनोविज्ञान विद्यमान छ ।
नेपाली जनता र नेताबीचको यहि अन्तरविरोध नै नेपालको अग्रगतिको बाधक बन्दै आएको छ । नेता एकातिर, जनता अर्कोतिर । नेपाली जनता समानतामा आधारित दुई देशीय सम्बन्ध चाहन्छन् । तर, हाम्रा नेतामा भने भारत भक्तिको गुलामी गर्ने चाहना रहेको छ । नेताले जनताको भावना बोक्न नसक्ने राजनीति गरिरहेका छन् । यस अर्थमा जनता नेतालाई भर गर्न सक्दैनन् । नेपालको राजनीति यसैमा रुमल्लिइरहेको छ । भारतले आÏनो स्वार्थ अुनुरूप यहाँका दल र नेता खेलाइदिने गर्छ । नेपाली नेताहरू आÏनो हित अनुकूल भए भारतीय हस्तक्षेप पनि ‘सद्भाव’ र हित प्रतिकूल भए सामान्य कुरा पनि ‘हस्तक्षेप” भनेर अथ्र्याउने परम्परा विद्यमान छ । रमाइलो त के छ भने, एउटै विषय एकैपटक ‘सद्भाव’ र ‘हस्तक्षेप’ पनि हुन सक्छ । सरकार पक्षलाई समर्थन हुनेगरी भए/गरिएका क्रियाकलाप जति सबै ‘सद्भाव” र यही विषय विपक्षीलाई ‘हस्तक्षेप’ हुने गर्छ । तर, जनताको नजरमा हस्तक्षेप छ, जसको लागि नेपाली नेता नै धेरै हदसम्म दोषी छन् । जो भारत भक्तिका लागि सधैँ लालायित छन् । भारत नेपालमा कुन पार्टी वा व्यक्ति सरकारमा हुने भन्दा पनि कसले उसका स्वार्थहरू पूरा गर्न सक्छ ? भन्ने कुरामा सधैँ चनाखो रहेको पाइन्छ । बिरालो कालो होस् वा सेतो, मात्र उसले मुसा मार्नु पर्छ, उसको नीति यहि हो । ऊ ‘बहु कार्ड’हरू एकैसाथ खोल्छ, एउटा नभए अर्को परिवर्तन गरी हाल्छ । एमाले नभए कांग्रेस, माओवादी नभए मधेसवादी, कांग्रेस नभए एमाले यस्तै–यस्तै । सबै दलहरू र उसका नेताहरू ‘भक्ति’ गर्न लामबद्ध लागेकै जो छन् ।
भारत स्वतन्त्र भएदेखि आजसम्म सबै निर्णायक मोडमा उसले तत्कालीन शासकसँग लिने जति लियो र आÏनो प्रभावमा राख्यो । प्रभावमा नबस्ने देख्ने बित्तिकै फालिहाल्यो । फेरि अर्कोसँग सम्बन्ध राख्यो । काम लियो सकिएपछि फाल्यो । यो चक्र चलिरहेकै छ । राजा, राणा, कांग्रेस, एमाले, एमाओवादी, मधेसी दल सबैलाई आÏनो इसारामा चलाएको र नचले अप्ठ्यारोमा पारेको जनताले देखे/भोगेकै छन् । २००७ सालसम्म राणाबाट काम लियो । राणा र कांग्रेसको बीचमा भएको ००७ सालको क्रान्तिको सम्झौतामा राणाहरू माथि पर्ने गरी गरायो । यसमा भारतकै इच्छा निहित थियो । ०१७ साल अघिसम्म विपि र मातृकालाई भिडाएर फाइदा लियो । कोशी र गण्डक सम्झौता गरायो । विपिको अरु नेताको तुलनामा देशभक्ति र तिक्ष्ण बुद्धीबाट डराएर महेन्द्रको ०१७ सालको ‘कू’ मा मौन बस्यो । महेन्द्र पछि वीरेन्द्र पनि आÏनै ढंगले चल्न थालेपछि ०४६ सालमा दलहरूले गरेको आन्दोलनलाई सहयोग गर्‍यो । आन्दोलनपछि बनेका सबै सरकारसँग कालापानी, टनकपुर जस्ता धेरै कुरा लियो । माओवादी युद्धले दलहरू कमजोर भएको विश्लेषणपछि माओवादीलाई आफू अनुकूल प्रयोग गर्‍यो । माओवादी भारतको प्रतिकूल जान थालेपछि केही नेता पक्राउ गर्‍यो र १२ बुँदे सहमति गरायो । शान्ति प्रक्रियामा माओवादीले भारतको उग्र विरोध गरेपछि मधेसमा क्षेत्रीय पार्टी बनाउन लगाएर मधेस आन्दोलनको आधार तयार गरायो । सँगै भएको शसस्त्र गतिविधिलाई भारतले चाहे दुई मिनेटमै समाधान हुने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक रूपमै बताएका थिए । मधेसी दलको तत्कालीन नेतृत्व उपेन्द्र यादवबाट स्वार्थ पूरा नहुने देखिएपछि विजय गच्छदारलाई उचालेर पार्टी फुटाउन लगायो । गच्छदार नेतृत्त्वको मधेसी मोर्चा र एमाओवादीको चारबँुदे सहमतिबाट बनेको सरकार चार बुँदाले हावा खाइसक्दा पनि अझ बलियो छ । प्रचण्ड र बाबुरामले भारतसँग जुधेर होइन, मिलेर जाने भनेर राजनीतिक आत्मसर्मपण गरिसकेका छन् । प्रचण्डले पार्टी फुट बेहोरे तर बिप्पा जोगाइछाडे । प्रचण्ड–बाबुरामले अन्तर्राट्रिय विमानस्थल भारतलाई बुझाएर भए पनि गठबन्धनलाई बलियो पार्न सफल भए । भारत भक्तिको यो शृंखला चलिरहेकै छ । यो भारतप्रति व्यक्त हुने आम भावना हो । जुन, सत्य र सत्यसँग धेरै नजिक छ ।
भारतको यही रवैयाले गर्दा पद नचाहिने जनता ‘भारत विरोधी’ र पद चाहिने नेता ‘भारत भक्त’ हँुदै गए । भारत भक्तिमा अब्बल देखिएका बाबुराम भट्टराईलाई सरकारबाट हटाउन उनको भन्दा बढी भारत भक्ति देखाउनु आवश्यक पर्छ । त्यसैको लागि होला एमाले नेता केपी ओली, तमलोपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका शेखर कोइराला र मधेसी मोर्चाका अन्य नेता दिल्ली ‘तिर्थाटनमा’मा छन् । भारत भक्तिको ‘आशय पत्र’ बोकेर उनीहरू आÏनो अब्बलता प्रदर्शन गर्न भारतीय नेताको दैलो चहारिरहेका छन् । अब्बलता प्रदर्शनको परीक्षा चलिरहेको छ । परीक्षामा उत्तीर्ण भए सरकार पाइन्छ, भट्टराई सरकार यसको उदाहरण हो । स्वार्थ अनुकूल नचले सकेसम्म बन्नै दिँदैन कसैगरी बनिहाले पनि चल्नै दिँदैन । यसअघि झलनाथ खनालको सरकार यसको उदाहरण देखिएकै हो । भारतका ‘सबैभन्दा नजिकका नेपाली सहयोगी’ भट्टराईलाई माथ गरी अर्को सहयोगी को बन्ला समयले देखाउने नै छ । नेपाली नेताहरू जो ‘आशय पत्र’ स्वीकृतिका लागि प्रयासरत छन्, उक्त ‘आशय पत्र’ सँगै उत्तीर्ण भए कोही फेरि पदमा बस्ला तर उसको ‘आशय पत्र’मा भएको देशका नदीनाला, व्यापार, राजनीतिको खरिद–बिक्रीले देशको हित गर्ने छैन । देश र जनता हार्नेछन् । केही समयका लागि ती नेताले जित्नेछन् । फेरि भारतको उच्चस्तरको गुलामीको शृंखला कायम रहनेछ । भारत भक्तिले नै जित्नेछ । समानताको सम्बन्धको जनताको चाहानामा तुषारापात हुनेछ । अन्त्यमा सत्तामा पुगेका ती नेता स्वयं पनि एक दिन जनताका नजरबाट पनि अवश्य हार्नेछन् ।

प्रतिक्रिया