निभाको व्यंग्य निबन्ध सार्वजनिक

काठमाडौं : कवि तथा व्यंग्यकार विमल निभाको व्यंग्य निबन्धसंग्रह डाइनोसर ज्युँदो छ पुस्तकको आइतबार राजधानीमा विमोचन गरिएको छ । वरिष्ठ गीतकार एवं गायक रामेशले व्यंग्य निबन्धसंग्रहको विमोचन गरेका हुन् । कुल ५१ वटा व्यंग्य निबन्ध समेटिएको ‘डाइनोसर ज्युँदो छ’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
व्यंग्यप्रधान निबन्ध संक्षिप्त आयामको रहेको टिप्पणी साहित्यकार अमर गिरीले कार्यक्रममा गरे । कवि श्यामलले निभाको पुस्तकमा राजनीतिक विकृतिप्रतिको व्यंग्य बढी केन्द्रित रहेको उल्लेख गरे । पुस्तकमा समेटिएका निबन्धले देशको सामाजिक, राजनीतिक तथा सांस्कृतिक विसंगतिलाई व्यंग्य गरेका छन् । निभाका दुईवटा कवितासंग्रह र दुई व्यंग्य निबन्धसंग्रह यसअघि नै प्रकाशन भइसकेका छन् । कार्यक्रम साहित्यकार नारायण ढकालको अध्यक्षतामा भएको थियो । (सौस)

प्रतिक्रिया