सहकारी कर्जा सूचना केन्द्र सञ्चालन गरिने

काठमाडौं, ७ असोज । सहकारीले जारी गरेको कर्जालाई मर्यादित र व्यवस्थित बनाउनका लागि राष्ट्रिय सहकारी बैंकले कर्जा सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । सहकारीले प्रवाह गर्ने कर्जाको जोखिम न्यूनीकरण गर्न यस्तो अवधारणा ल्याइएको हो ।
सहकारीबाट निकालेको कर्जासम्बन्धित निकायले हेर्नसक्ने भएकाले कर्जाको जोखिम न्यूनीकरण हुने बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बताए । ‘एक व्यक्तिले धेरै सहकारीबाट कर्जा लिने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा कर्जाको जोखिम बढी हुन्छ ।’ त्यस्तो जोखिमलाई नियन्त्रण गर्न कर्जा सूचना केन्द्र सञ्चालन गर्न लागेको उनले बताए  । लिएको कर्जा चुक्ता गरे/नगरेको सबै जानकारी पाइने पनि बैंकले जनाएको छ । केन्द्र सञ्चालनमा आएपछि धेरै ठाउबाट कर्जा लिने क्रम रोकिने दाबी उनको छ ।
‘नेपालमा पहिलोपटक सहकारी सूचना केन्द्र सञ्चालन गर्न लागेका हौँ,’ उप्रेतीले भने, ‘यसबाट २५ हजार सहकारीले फाइदा लिन सक्छन् ।’ केन्द्र सञ्चालनका लागि केही समय लाग्ने भए पनि यसबाट सहकारीले भरपुर सेवा लिनसक्ने बैंकले जनाएको छ । बैंक सञ्चालक समितिले सञ्चालन गर्न निर्णय गरिसकेको हुनाले केही समयभित्रै सञ्चालनमा आउने उप्रेतीको दाबी छ ।
मुलुकमा छरिएर रहेको पँुजी, सीप र साधनलाई एकीकृत रूपमा परिचालन गरी सहकारी संस्थालाई बंैकिङ सुविधामा उपलब्ध गराउने एकमात्र सहकारी बैंक हो । यसमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, विषययगत केन्द्रीय सहकारी संघ, जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्था गरी करिब ४५ सय सदस्य रहेका छन् । बैंकले हाल २९ वटा शाखा कार्यालय र एक केन्द्रीय कार्यालयबाट वित्तीय कारोबार गर्दै आएको छ । बंैकको वार्षिक कारोबार तीन अर्बको रहेको छ । निक्षेप दुई अर्ब ५० करोड, लगानी एक अर्ब ५० करोड र सेयर २४ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ । ७५ वटै जिल्लामा शाखा स्थापना गरी सहकारी संघ/संस्थालाई सेवा दिने योजना बैंकको छ । त्यस्तै सेयर पुँजी वृद्धि, सहकारी संघ/संस्था प्रवद्र्धन वृद्धि, जनचेतना तथा शिक्षाका कार्यक्रमलाई अगाडि बढाउने, गरिबी निवारण कोष, स्वरोजगार कोषको रकम परिचालन गर्ने पनि बैंकको भावी योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया