अमेरिकामा नेपाली समाज

काठमाडौं : नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा अमेरिकामा गठन गरिएको छ । स्वयंसेवी रक्तदाता पूर्णसिंह खत्री (पूर्णयोगी) को संयोजकत्त्वमा सम्पर्क शाखा गठन गरिएको हो । शाखामा ताराप्रसाद खरेल सहसंयोजक र सदस्यहरूमा क्रमश: गंगाबहादुर घर्तीक्षत्री, सुरेश जिसी, कुष्मा खरेल, गायत्री कार्की र बबिता थापा रहेका छन् । ‘मानवरगत र रक्ततत्त्व केवल देश विशेषको भूगोलमा मात्र सीमित राख्न हुन्न’ भन्ने मान्यताका साथ अमेरिकामा पनि शाखा गठन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया