दशकपछि देउताको दराज खोल्दा

खोज जीवनको चक्र हो । खोजविना जिन्दगीको रºतार रोकिन्छ’ कर्ण शाक्यले भनेझैँ उमेर, स्वभाव र हैसियत हेरी मानिसहरू केही न केही प्राप्त हुने अभिलाषाले खोजीमा भाँैतारिइरहन्छन् । झरी, हुस्सु र कुहिरोले यो वर्षायाम लछप्पै भिजे पनि सूर्यका सुनौला किरण देख्न पाइएला कि भनेर हामी सफा आकाश खोजिरहेका छौँ । खोजको अन्तहीन प्रयास जारी छ, रोकिनेवाला छैन ।
नदीको धारले सदैव आºनो गति खोजिरहेझँै जिउने क्रममा हामी आफूअनुकूल स्थान, पेसा र लक्ष्य खोजिरहेका हुन्छौँ । दशक लामो यायावर जीवनपछि अहिले म इलामस्थित घरमा छु । बसाइ क्षणिक भए पनि घरमा अन्त कतै नमिलेको आत्मिक शान्ति छ । कुइभीरको काखबाट बग्ने चिसो पानीले आँत जसरी कञ्चन पार्छ, स्वच्छ हावा र शान्त वातावरणले मन उति नै चंगा बनाइरहेछ ।
सहरको दौडधुप र तामझामले खोक्रिँदो हृदयलाई गाउँको सौन्दर्य र संस्कारले नयाँ ऊर्जा दिइरहेको छ । हृदय बलियो भएपछि स्फूर्ति जाग्छ । यसले खोजप्रति झनै आशक्ति बढ्दोरहेछ । एकदिन बिहान खानापछि कोठाको बिछ्यौनामा पल्टिरहेको थिएँ । सिरानी सम्मुख उभिएको देउताको दराजमा आँखा परे । थाप्लामा शंख, घण्ट, डमरु, थालीजस्ता पूजा सामग्री राखिनाले घरमा यसलाई ‘देउताको दराज’ पुकारिँदै आएको छ ।
ढोकाबाट हुस्सुका सेताम्मे चक्ला कोठाभित्र छिर्दै थिए । रत्नकुमार वान्तवाको इतिहाससँग जोडिएको देउमाई नदीतिरबाट तँछाड–मछाड आइरहेका तिनलाई नियाल्दा नियाल्दै ‘देउताको दराज’ले एकोहोर्‍यायो । ‘यसभित्र के के होलान्, के–के राखेको थिएँ थिए, के–के झिकिए र के–के थपिए होलान्’ तर्कनाले मनमा ठाउँ खोज्न थाले । मेरो नियमित अनुपस्थितिमा पनि आवरणमा ज्यँुका त्यँु देखिने दराजको गर्भमा थुनिएका सामग्रीको चाहिँ कस्तो हालत होला भन्ने कुराले रिङ्ग्यायो ।
दशकपछि ‘देउताको दराज’ खोल्ने मनस्थितिमा पुगेँ । ताला झुन्ड्याइएको रहेछ । आमासँग साँचो लिएपछि ‘ओरिएन्ट’ नामक ताला खोलेँ । खुल्दुलीपूर्वक दुवै दैला एकैसाथ घुरुक्क उघार्न पुगेँ । मेरी बास्सै † धूपको मगमग बास्नासँगै मलाई त बलिउड बादशाह अमिताभ बच्चनको तस्बिरदेखि कलिउड सुन्दरी करिश्मा मानन्धरले पो हाँसेर स्वागत गरे । जुँगे अनिल कपूर एउटा दैलामा मुस्काउँदै छन्, अर्कोतिर राजेश हमाल हाँसिरहेका छन् ।
नित्य पूजा नगरे पनि थाप्लाको ‘देउता’को दयाले दराजभित्रका कलाकार अझै सकुशल रहेछन् । ढिलो खोल्नुमा मेरो गल्ती पो भयो कि भन्ठान्दै कुनैबेलाका औधी मन पर्दा उनीहरूलाई पालैपालो सुम्सुम्याएँ । मैले नखोज्दा आमाले रखबारी गर्दै उनीहरूको स्याहार गर्नुहुन्थ्यो होला, पोस्टकार्ड र ब्लो–अपमा सजिएका उनीहरू बोली हाल्लान् कि झैँ पहिलेजस्तै हंसमुख रहेछन् । रूप, रंग र ज्यानमा फेरबदल आए पनि आँखा उस्तै पाए र मैले पनि केहीबेर आँखा जुधाइरहेँ ।
तीनतले दराजको लगभग पूरै भाग किताब, पत्रपत्रिका, एल्बम र भगवानका आकृतिले भरिभराउ रहेछ । भगवान्हरू पछि थपिएछन्, मैले त राखेको थिइनँ । आध्यात्मिक आमाले राख्नुभयो होला † स्कुले जीवन सकेर घर छाड्नुअघि थन्क्याइएका तीमध्ये सबैलाई एक–एक गर्दै ओल्टाइपल्टाई काम लाग्ने कुरा खोज्न थालेँ । हातहरू माथिल्लो तलाका कागजी थुप्रोतिर लम्किए । एक रास निकालेँ र भुइँमा असरल्ल पिँmजाएँ ।
हल्का धुलो, धूप र कपूरको वास्ना पन्छाउँदै कागजी थुप्रो उधिन्दा भारतीय मासिक ‘विस्डम’ थुप्रैवटा भेटिए । तिनमा प्रकाशित सामग्री जहिल्यै पनि कामलाग्दा हुन्छन् । ‘विद्यार्थी मञ्च’, ‘चुट्किला’, ‘मुना’, ‘कामना’का प्रति थुप्रै रहेछन् । ‘नवयुवा’, ‘स्कलर’ र ‘युवामञ्च’ मासिकका ‘पत्रमित्र’ स्तम्भ पल्टाउँदै गए । आºनो नाम, ठेगाना, रुचि, उमेर आदि समेटिएको स्तम्भमा मेरो पनि फोटो भेटियो, तीनवटैमा । यसले पुराना दिनका स्मृति ताजा बनेर आए ।
एसएलसी दिने क्रममा हुलाक खोज्दै दुई घन्टा टाढाको फलाटे भन्ने ठाउँमा पुगेर पत्रिका, रेडियो नेपालतिर थानका थान चिठी पठाएको भर्खरै जस्तो लाग्यो । त्यसैको उपज त ‘पत्रमित्र’ स्तम्भ छापिने थुप्रै पत्रिकामा आºनो फोटो र विवरण प्रकाशन भएको हुन्थ्यो । दराज उधिन्दै गर्दा, हरिगोविन्द लुईंटेलको ‘समय र पोखरी’ कथासंग्रह, ‘जुठी दमिनीको अभिव्यक्त’ चित्रकथा, रामेश–रायनको ‘बाल गीत’ क्यासेट फेला परे । ती ‘नवयुवा’बाट प्राप्त पुरस्कार रहेछन् ।
खुलेको दराज सामुन्ने हुँदा सम्झिरहेछु– ‘खोजविना हामी पूर्ण हुँदैनौँ र जीवन समुन्नत हुँदैन ।’ त्यसैले मेरो ‘दराज खोज’ जारी रह्यो । नयाँ कुरा हात पर्ने ध्याउन्नले तानिरह्यो । यतिकैमा ०५७ असोजको ‘अप्सरा’ मासिक भेटियो । धुलो पुछेर हेर्दा आवरणमा सेतो पछ्यौराले शिर ढाकेर सुन्दर देखिएकी, अहिले कलिउडमा एकछत्र राज चलाउन सफल रेखा थापा झुल्किइन् । त्यसबेलाकी ‘मिस कोशी’ रेखा ‘हिरो’ फिल्ममा अनुबन्ध हुने क्रममा रहिछन् ।
अवसर खोज्ने क्रममा मोरङको विराटचोकबाट उठेर देशभर फैलिएकी रेखाले त्यसबेला छवि ओझालाई ‘दाइ’ भन्दिरहिछन् । फिल्म बनाउने तिनै ‘दाइ’बाट उनले थुपै्र खाले अवसर पाइन् र पछि श्रीमान् नै बनाइन् । अवसरले मात्र नपुगेर रेखाले जसरी ‘सहारा’ पनि खोज्नुपर्ने भयो, त्यो छविबाटै प्राप्त हुन पुग्यो । सम्बन्ध धरमरमै भए पनि रेखा–छवि श्रीमान्/श्रीमतीकै रूपमा छन् । छविले खोजेको ‘टिकाउ र बिकाउ’ नायिका पनि रेखा नै सावित भएकी छन् ।
घुँडा धसेर दराज टक्टक्याउँदै गर्दा आवरणसहित ४/५ पृष्ठ र पछिल्लो भागसमेत उक्किएको, पुरानो भएर पहेंलिएको, धार्मिक ग्रन्थझैँ लाग्ने पुस्तक फेला पर्‍यो । पल्टाउँदै जाँदा करफोकका पासाङ गोपर्मा, असमका दुर्वासा उपाध्याय, फिक्कलका तारानाथ शर्मा, इलामका मदनकृष्ण प्रसाईं आदिका कथा रहेछन् । ‘हैन, पूजाआजामा पुरोहितले पल्टाउने जस्तो किताब पो हेर्दै छस् त †’ उपाध्यायको ‘सिन्दूरको टिको’ पढ्दै थिएँ, आमाले भन्नुभयो । मनमनै हाँसे ।
लाग्छ, ३५/४० वर्षअघि प्रकाशित यो कथासंग्रह त्यसबेला साहित्यनुरागीबीच निकै चलेको थियो होला । शर्माको ‘स्वच्छ रातको कालो इतिहास’ले २००७ देखि कांग्रेसद्वारा सञ्चालित सशस्त्र आन्दोलनको अवधि बुझ्न टेवा पुर्‍याउने रहेछ । विद्यार्थीकालमा त यस्ता कथा पढिएकै थिएन । कांग्रेसले त्यसबेलादेखि खोजेको प्रजातन्त्र अहिले लोकतन्त्र बनेर आइसक्दासमेत जनताले खोजेको जस्तो ‘व्यवस्था’ भने आएको छैन । यो विडम्बना हो ।
एकैथलोमा गुँडुल्किइरहँदा खुट्टा झमझमी निदाउँदै थिए । तर, मेरो ‘देउताको दराज’को खोज सकिएकै थिएन । यत्तिकैमा २९ मंसिर ०५७ को ‘सूत्रधार’ साप्ताहिक हातमा पर्‍यो । पत्रकारितामा भविष्य खोज्दै मैले लेख्न थालेको पत्रिका यही थियो । केहीबेर एकनासले हेरिरहेँ । ‘पहाडेले बेचे पनि बिक्छ भूजा’ शीर्षकमा एंकर छापिएको रहेछ । आम्दानी खोज्नेले अहिले चटपटेलाई राम्रै व्यवसाय बनाइसकेका छन् । दानावारीमा मात्रै होइन, देशैभर पहाडेले चटपटे बेच्न थाल्नु ‘भाग्य’ होइन ‘कर्म’ खोज्नुकै उदाहरण हो ।
‘कुनै कुरा टाढाको भए समाचार र नजिकको भए समाजशास्त्र बन्छ’ भन्ने उक्तिको स्मरण भयो, ‘पुच्छ्रे हिमालमा…माया राखिदेऊ जाली रुमालमा’ शीर्षकको एंकर देखेपछि । १५ भदौ ०५७ को ‘सूत्रधार’मै आशिष राईद्वारा लिखित उक्त सामग्रीमा गन्धर्वले सारंगीवादन र गायनबाट जीविकोपार्जनको अवसर खोज्दै गरेको लेखिएको रहेछ, जुन अहिलेसम्म जारी छ । आºनो कला निखारेर रोजीरोटीको खोजीमा गन्धर्वहरू ठमेल र धरानदेखि दार्जिलिङ र सिक्किमसम्म धाउँदै कहिले वीरेन्द्र राजालाई त कहिले लोकतन्त्रको गुम्दो महत्त्वलाई खोजिरहेकै छन् ।
खोजको तृष्णा कायमै रहेका बेला रातो मसीले ‘ईश्वर पूजाका होइनन्, प्रेमका भोका छन्’ लेखिएको डायरी हात पर्‍यो । यो त आºनै ककटेल डायरी पो रहेछ † जसमा कुरकुरे बैंसताका भेलसरी आउने गीत, गजल, सायरी, मुक्तक, कवितादेखि रुचि, चाहना र महत्त्वकांक्षासमेत लिपिबद्ध गरेको रहेछु । सरसर्ती नियालेँ– अवसर खोज्दै जाँदा तीमध्ये कति रुचि अरुचिमा प्रकट भइसकेछन्, कति चाहना मरेर गएछन् र महत्त्वकांक्षा पनि फेरिन पो पुगेछन् ।
‘सप्तशक्ति’ नामक चण्डीको किताब रातो कपडामा बेरेर हिफाजत राखिएको रहेछ । त्यसैको लहरमा लीलबहादुर क्षेत्रीको ‘बसाईं’, भीमचरण थापाको ‘शारदा’ र ताराप्रसाद जोशी सम्पादकत्वको ‘नेपाली कथासंग्रह–१’ फेला पर्‍यो । स्मृतिबाट ओझेल पर्दै गएका रिकुटे, झुमा र मोटे कार्कीलाई पुन: खोज्ने मनसायले ‘बसाइँ’लाई सिरानीतिरै हुँत्याए । विषय–सूचीमा खोज्दा विश्वेश्वरप्रसाद कोइरालको ‘कथा’, रमेश विकलको ‘मधुमालतीको कथा’, पारिजातको ‘मैले नजन्माएको छोरो’ जस्ता कालजयी कथा देखेर जोशीको संग्रहले पनि विछ्यौनामै ठाउँ पायो ।
कागजी डंगुर खोज्ने क्रम सकिनै लाग्दा हत्तुहैरान हुनु स्वाभाविक थियो । पत्रिकाको स्तरीयतामाथि प्रश्न उठाउँदै स्तम्भहरू थपघट गर्न, युवाका लागि सामग्री बढाउन सुझाव दिएर पठाएका चिठी प्रकाशित ‘हिमाल’ , ‘नेपाल’, विमोचन’, ‘मधुपर्क’हरू एकातिर छुट्याइसकेको थिए । पुछारका पत्रिका हात पर्ने क्रममै ०५७ असोजको ‘रङ्गमञ्च’ले ध्यान खिच्यो । जसको आवरणमा राणाकालको झल्को मिल्नेखालको जुँगा, कानमा टप र कलात्मक पहिरन लगाएका नायक राजेश हमालले चिरिच्याट्ट सजिएकी नायिका करिश्मा मानन्धरलाई चुम्बन गरिरहेको फोटो थियो । नीर शाह निर्देशित ‘वसन्ती’ फिल्मको एउटा दृश्य रहेछ, रङ्गमञ्चको त्यो आवरण ।
म मनमनै मुस्कुराएँ । यत्तिकैमा मेरो किताबी खोज पनि टुंगियो । यो दराजले मेरो पत्रकारिता सुरुआतको इतिहासको झझल्को दिलायो ।

प्रतिक्रिया