लोकतान्त्रिक फोरममा कुरा प्रधानमन्त्रीकै

काभ्रे, ५ असोज । सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले नयाँ निर्वाचनका लागि प्रधानमन्त्रीमा स्वतन्त्र ब्यक्तिको प्रस्ताव गरेको छ ।
काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टको लाङटाङ हलमा आज देखि शुरु भएको केन्द्रीय समिति बैठकमा दलहरुकै बीचबाट प्रधानमन्त्रीमा सहमति नभए स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्ने प्रस्ताव भएको हो ।
सो प्रस्ताव अध्यक्ष विजय गच्छादार, महासचिव जितेन्द्र देवलगायतका नेताहरुले राखेका हुन् ।
अध्यक्ष गच्छादारले सत्ता गठवन्धन दल एनेकपा माओवादी, विपक्षी दलहरु कांग्रेस र एमालेसँग भएका छलफल र बार्ताका विषयमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराए ।
लोकतान्त्रिक फोरमले संविधान संशोधन गरे पनि अब हुने निर्वाचनमा ६ सय १ सदस्य राख्न पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया