सुन्तला उत्पादन बढ्ने

इलाम, ५ असोज । जिर्मलेस्थित सलकपुरमा सुन्तला उत्पादन बढ्ने भएको छ । गत वर्षभन्दा यस वर्ष चारगुणा बढी उत्पादन हुने अनुमान किसानले गरेका छन् । जिल्लाकै सुन्तला बढी उत्पादन हुुने क्षेत्र सलकपुरमा यो वर्ष चारगुणा बढी उत्पादन हुनसक्ने जिर्मलेका किसान याम अधिकारीले बताए ।
सुन्तला खेतीमा किराको माहामारी र ढुसी किराको नियन्त्रण हँुदै जानु तथा एक वर्ष कम उत्पादन हुने र अर्को वर्ष बढी उत्पादन हुुुने हुँदा पनि यो वर्ष  चारगुणाले बढी उत्पादन हुने उनको दाबी छ । गत आर्थिक वर्षमा त्यस क्षेत्रका किसानले सुुुुन्तला बिक्रीबाट ६० देखि ७० लाख रुपियाँ आम्दानी गरेका थिए भने यो वर्ष एक करोड रुपियाँसम्म आम्दानी हुने सम्भावना रहेको छ ।
जिर्मले गाविस–३ वडाका करिब तीन सय  किसानले २० वर्षअघिदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तर, जिल्ला कृषि विकास कार्यालयले भने त्यति चासो नदिएकाले भारतीय बजारबाट डाइरेक पोइजन ल्याएर लगाएपछि सेतो किराको न्यूनीकरण हुँदै गएको किसान बताउँछन् ।
परम्परागत रूपमै सुन्ताला खेती गर्दै आए पनि एक किसानले  पाँचदेखि १० रोपनीसम्म आफ््नो बारीमा लगाएका छन् । त्यस्तै, व्यावसायिक रूपमा खेती गर्दै आएका अर्का किसान कुमार मोक्तानले बर्सेनि दुईदेखि तीन लाख रुपियाँ आम्दानी गर्दै आएको बताए ।  भारतीय सिमनानजिकै भएका कारण कार्तिक महिनादेखि सलकपुरमा सुन्तला खान, खरिद गर्न फोटो खिच्न र दृश्य हेर्न आउनेको भिड लाग्ने गर्छ ।
सो क्षेत्रका १, २ र ३ वडाका अधिकांश मानिसले आफ्नो पेसा नै सुन्तला खेतीलाई मानेका छन् । सलकपुर–३ का प्रकाश मोक्तानले एक सालमा एकदेखि दुई लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताए । यस वर्ष आम्दानी अझै बढ्ने अनुमान उनले गरेका छन् । सलकपुरका सबै किसानले सुन्तलाबाट मात्रै वार्षिक लाखौँ रुपियाँ कमाउने गरेका छन् । त्यस्तै, सुन्तला खेती गरेका कारण गत साल जिल्ला कृषि विकासबाट जिल्लाकै नमुना कृषकको उपाधिसमेत पाएका रोमश अधिकारीले बर्सेनि तीनदेखि चार लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रमा अन्य ठाउँको भन्दा मीठो, स्वादिलो र सस्तो सुन्ताला पाउने भएका कारण इलाम, झापा र भारतको मिरिक, दार्जिलिड, सिलगुुडीलगायत विभिन्न क्षेत्रबाट मानिसहरू जाने गरेका छन् ।
पछिल्लो समयमा महोत्सव लगाउनेको होडबाजी चलिरहेका बेला सलकपुरमा पनि यस वर्ष सुन्तला महोत्सवको आयोजना गर्ने योजनामा रहेका स्थानीय रोमश अधिकारीले बताए । सरकपुरलाई सुन्तला धेरै फलेकै कारण गोल्डन भ्याली उपनामले चिन्ने गरिन्छ ।

प्रतिक्रिया