नेताहरूको कमजोरीले निम्त्याएको परिणति

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तनको अपेक्षा स्वाभाविक हो तर परिवर्तित परिस्थितिको सही व्यवस्थापन हुन नसक्दा मुलुक अहिले गम्भीर संकटमा फस्न पुगेको छ । जिम्मेवार र साहसिक राष्ट्रवादी नेताको अभावका कारण मुलुकमा राजनीतिक संक्रमण लम्बिँदै जाँदा अस्थिरता बढ्दै गएको छ । सबैभन्दा गम्भीर र डरलाग्दो अवस्था त के भने यतिबेला देशको राष्ट्रियता नै संकटमा पर्दै जान थालेको छ । स्वाभाविक हो जहाँ जो कमजोर छ उसैमाथि जोरजुलुमका घटना हुने गर्छन्, यतिबेला कमजोर राजनीतिको मौका छोपेर बाहय शक्तिहरूले नेपालमा आफ्नो चलखेललाई पनि निकै तीव्र पार्दै लैजान थालेका छन् । अस्थिर राजनीतिका कारण देशको स्वाधीनता नै कमजोर हुँदै गइरहेको भन्दै सर्वत्र चिन्ता र चासो बढ्दै गएको छ ।
भनिन्छ, रोग लाग्दा एउटा मात्र कारण हुन्न । एउटा रोगले च्यापिसक्दा अन्य थुप्रै सानातिना रोगहरूले सहायक भूमिका खेलेका हुन्छन् । यतिबेला नेपालमा राष्ट्रियताविरोधी भाइरसले गम्भीर आक्रमण गरिसकेको छ जसले गर्दा नेपाल र नेपालीको वीरताको इतिहास जति गौरवमय थियो त्यति धेरै कमजोर र निराश बन्दै गएको छ । हुन त यसअघि पनि नेपालको अस्मितामाथि आक्रमण नभएको होइन तर यतिबेला अस्थिर राजनीतिका कारण देशमा बढ्दै गएको विदेशी चलखेल र स्वार्थले नेपाली स्वाधीनता गम्भीर खतरामा परेको छ । भनिन्छ, शत्रुले कमजोर भएको मौका छोपेर आक्रमण गर्छ । यतिबेला नेपालको राजनीति कमजोर छ, संक्रमणको अवस्थामा छ । यही मौका छोपेर केही दिनअघि भारतीय प्राध्यापक एसडी मुनीले आधारहीन  अभिव्यक्तिबाट आक्रमण गरे । उनले नेपालको कमजोर राजनीतिक परिस्थितिको फाइदा उठाउँदै नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि भाइरस आक्रमण गरेका हुन् । नेपाललाई सार्वभौमसत्तासम्पन्न भनिँदै आएको भए पनि कमजोर राजनीतिको फाइदा उठाउँदै विदेशी भाइरसहरूले विभिन्न कोणबाट आक्रमण गरिरहेका छन् ।
जनताले आफ्ना प्रतिनिधिलाई मुलुकको सही दिशानिर्देशको अधिकारसहित जिम्मा लगाउनेबाहेक केही गर्न सक्दैनन् । त्यसपछि त्यसरी जिम्मा पाएका नेताहरूले देशको जिम्मा लिन्छन् । राजनीतिक दल र तिनका नेताले राष्ट्रिय स्वार्थलाई केन्द्र बनाएर देश र जनताको पक्षमा काम गर्छन् भन्ने विश्वव्यापी राजनीतिक मान्यता हो । त्यही मान्यताअनुसार आफूले विश्वास गरेका व्यक्ति र पार्टीलाई सत्तासम्म पुर्‍याउन सकून् भनेर नै मतदानको अधिकार प्रयोग गरिएको हो । हामीकहाँ पनि जनताले आफ्नो मतको प्रयोगबाट केही राजनीतिक दल र तिनका नेतालाई संविधान निर्माण र राज्य सञ्चालनको जिम्मा दिएका हुन् । दुर्भाग्य † नेपालमा राजनीतिक खिचातानी त छ नै सँगै यहाँका दल र तिनका नेताहरू राष्ट्र, राष्ट्रियताप्रति भन्दा निहित स्वार्थमा बढी केन्द्रित छन् भन्ने प्रमाणित हुँदै आएको छ । यहाँका राजनीतिक दल आफ्नो क्षमता र जनताको जनादेशको भन्दा छिमेकीको आड र आशीर्वादलाई बढी विश्वास गर्ने गर्छन् । देशको स्वार्थ दाउमा राखेर सत्तामा पुग्न छिमेकीको आड लाग्ने नेपाली राजनीतिक प्रवृत्तिले देश पराधीन बन्दै छ । आफ्नो कमजोरीलाई सुधार गर्नुको साटो हाम्रा नेताहरू विदेशीलाई प्रभुका रूपमा मान्यता दिँदै छन् । ‘आफ्नो साँचो बलियो गर, साथीलाई दोष नदेऊ’ भन्ने भनाइको ठीकविपरीत प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयंले देशको चाँबी अन्तै रहेछ भनी अभिव्यक्ति दिनुले समेत देशको स्वाधीनता कहाँनेर अडिएको छ भन्ने गम्भीर प्रश्न उठेको छ र यसको उत्तर इतिहासले बाबुराममार्फत खोज्नैपर्छ ।
राष्ट्रपतिले नेपाल अफगानिस्तान बन्न सक्ने खतरा छ भन्नु तथा प्रधानमन्त्रीले देश चलाउने चाँबी बाहिर छ भन्नु राष्ट्रिय चिन्ताका अभिव्यक्ति अवश्य नै हुन् तर राष्ट्रको बोली बोल्ने तहमा रहेका जिम्मेवार पदाधिकारीले यस्ता अभिव्यक्ति सार्वजनिक गर्न हुन्छ कि हुँदैन ? यो बाहिर ल्याउने राष्ट्रवाणी होइन, राष्ट्र चलाउने परिपक्व विधि पनि होइन, यो त स्थितिको आफै मनन गरी राष्ट्रिय कदम चाल्ने अवस्था हो तर दुर्भाग्य † राष्ट्रको ओज बचाई काम गर्ने कुशलता हाम्रा नेतामा कहाँ ? राष्ट्रले कति कुरा बोल्नैहँुदैन, नबोली चल्नुपर्छ, त्यो चलाखी कहाँ ? यो त राष्ट्र चलाउने सीप, नीति, कूटनीतिको अभाव हो । यही देखेर परका पात्रले यहाँ विश्वमा अन्त कहीँ नगरिने कूटनीति गरिरहेका छन् । यो हाम्रै कमजोरीले निम्त्याएको परिणति हो ।राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तनको अपेक्षा स्वाभाविक हो तर परिवर्तित परिस्थितिको सही व्यवस्थापन हुन नसक्दा मुलुक अहिले गम्भीर संकटमा फस्न पुगेको छ । जिम्मेवार र साहसिक राष्ट्रवादी नेताको अभावका कारण मुलुकमा राजनीतिक संक्रमण लम्बिँदै जाँदा अस्थिरता बढ्दै गएको छ । सबैभन्दा गम्भीर र डरलाग्दो अवस्था त के भने यतिबेला देशको राष्ट्रियता नै संकटमा पर्दै जान थालेको छ । स्वाभाविक हो जहाँ जो कमजोर छ उसैमाथि जोरजुलुमका घटना हुने गर्छन्, यतिबेला कमजोर राजनीतिको मौका छोपेर बाहय शक्तिहरूले नेपालमा आफ्नो चलखेललाई पनि निकै तीव्र पार्दै लैजान थालेका छन् । अस्थिर राजनीतिका कारण देशको स्वाधीनता नै कमजोर हुँदै गइरहेको भन्दै सर्वत्र चिन्ता र चासो बढ्दै गएको छ ।
भनिन्छ, रोग लाग्दा एउटा मात्र कारण हुन्न । एउटा रोगले च्यापिसक्दा अन्य थुप्रै सानातिना रोगहरूले सहायक भूमिका खेलेका हुन्छन् । यतिबेला नेपालमा राष्ट्रियताविरोधी भाइरसले गम्भीर आक्रमण गरिसकेको छ जसले गर्दा नेपाल र नेपालीको वीरताको इतिहास जति गौरवमय थियो त्यति धेरै कमजोर र निराश बन्दै गएको छ । हुन त यसअघि पनि नेपालको अस्मितामाथि आक्रमण नभएको होइन तर यतिबेला अस्थिर राजनीतिका कारण देशमा बढ्दै गएको विदेशी चलखेल र स्वार्थले नेपाली स्वाधीनता गम्भीर खतरामा परेको छ । भनिन्छ, शत्रुले कमजोर भएको मौका छोपेर आक्रमण गर्छ । यतिबेला नेपालको राजनीति कमजोर छ, संक्रमणको अवस्थामा छ । यही मौका छोपेर केही दिनअघि भारतीय प्राध्यापक एसडी मुनीले आधारहीन  अभिव्यक्तिबाट आक्रमण गरे । उनले नेपालको कमजोर राजनीतिक परिस्थितिको फाइदा उठाउँदै नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि भाइरस आक्रमण गरेका हुन् । नेपाललाई सार्वभौमसत्तासम्पन्न भनिँदै आएको भए पनि कमजोर राजनीतिको फाइदा उठाउँदै विदेशी भाइरसहरूले विभिन्न कोणबाट आक्रमण गरिरहेका छन् ।
जनताले आफ्ना प्रतिनिधिलाई मुलुकको सही दिशानिर्देशको अधिकारसहित जिम्मा लगाउनेबाहेक केही गर्न सक्दैनन् । त्यसपछि त्यसरी जिम्मा पाएका नेताहरूले देशको जिम्मा लिन्छन् । राजनीतिक दल र तिनका नेताले राष्ट्रिय स्वार्थलाई केन्द्र बनाएर देश र जनताको पक्षमा काम गर्छन् भन्ने विश्वव्यापी राजनीतिक मान्यता हो । त्यही मान्यताअनुसार आफूले विश्वास गरेका व्यक्ति र पार्टीलाई सत्तासम्म पुर्‍याउन सकून् भनेर नै मतदानको अधिकार प्रयोग गरिएको हो । हामीकहाँ पनि जनताले आफ्नो मतको प्रयोगबाट केही राजनीतिक दल र तिनका नेतालाई संविधान निर्माण र राज्य सञ्चालनको जिम्मा दिएका हुन् । दुर्भाग्य † नेपालमा राजनीतिक खिचातानी त छ नै सँगै यहाँका दल र तिनका नेताहरू राष्ट्र, राष्ट्रियताप्रति भन्दा निहित स्वार्थमा बढी केन्द्रित छन् भन्ने प्रमाणित हुँदै आएको छ । यहाँका राजनीतिक दल आफ्नो क्षमता र जनताको जनादेशको भन्दा छिमेकीको आड र आशीर्वादलाई बढी विश्वास गर्ने गर्छन् । देशको स्वार्थ दाउमा राखेर सत्तामा पुग्न छिमेकीको आड लाग्ने नेपाली राजनीतिक प्रवृत्तिले देश पराधीन बन्दै छ । आफ्नो कमजोरीलाई सुधार गर्नुको साटो हाम्रा नेताहरू विदेशीलाई प्रभुका रूपमा मान्यता दिँदै छन् । ‘आफ्नो साँचो बलियो गर, साथीलाई दोष नदेऊ’ भन्ने भनाइको ठीकविपरीत प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयंले देशको चाँबी अन्तै रहेछ भनी अभिव्यक्ति दिनुले समेत देशको स्वाधीनता कहाँनेर अडिएको छ भन्ने गम्भीर प्रश्न उठेको छ र यसको उत्तर इतिहासले बाबुराममार्फत खोज्नैपर्छ ।
राष्ट्रपतिले नेपाल अफगानिस्तान बन्न सक्ने खतरा छ भन्नु तथा प्रधानमन्त्रीले देश चलाउने चाँबी बाहिर छ भन्नु राष्ट्रिय चिन्ताका अभिव्यक्ति अवश्य नै हुन् तर राष्ट्रको बोली बोल्ने तहमा रहेका जिम्मेवार पदाधिकारीले यस्ता अभिव्यक्ति सार्वजनिक गर्न हुन्छ कि हुँदैन ? यो बाहिर ल्याउने राष्ट्रवाणी होइन, राष्ट्र चलाउने परिपक्व विधि पनि होइन, यो त स्थितिको आफै मनन गरी राष्ट्रिय कदम चाल्ने अवस्था हो तर दुर्भाग्य † राष्ट्रको ओज बचाई काम गर्ने कुशलता हाम्रा नेतामा कहाँ ? राष्ट्रले कति कुरा बोल्नैहँुदैन, नबोली चल्नुपर्छ, त्यो चलाखी कहाँ ? यो त राष्ट्र चलाउने सीप, नीति, कूटनीतिको अभाव हो । यही देखेर परका पात्रले यहाँ विश्वमा अन्त कहीँ नगरिने कूटनीति गरिरहेका छन् । यो हाम्रै कमजोरीले निम्त्याएको परिणति हो ।

प्रतिक्रिया