हतियार प्रहार गर्ने ‘डन’ पक्राउ

काठमाडौं, ३ असोज । सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य शशीकान्त मिश्रलाई धारिलो हतियार प्रहार गर्ने काले भनिने डन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ–५ गते सर्लाही स्थायी घर भएका १९ वर्षीय मगरले मिश्रलाई धारिलो हतियार प्रहार गरेर घाईते बनाएका थिए । मिश्रलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।
फरार रहेका मगर काठमाडौंको लोसार पिपलबोट बस्दै आएका थिए । उनी विभिन्न आपराधिक कार्यमा समेत संलग्न रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया