दुर्घटनामा दुईको मृत्यु, १४ घाइते

कैलाली, २ असोज । कैलाली र कञ्चनपुर जिल्लामा आज भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
महेन्द्रराजमार्ग अन्तर्गत कैलालीको बनबेहडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कैलालीको बेलादेवीपुर–६, बल्मीका तपराज जोशीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको से २ प ६२५६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट गइरहेको ना ३ ख ५४८२ नम्बरको बस एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा कैलाली धर्मपुरका आयुष बम, जम्सीन चौधरी, सपना चौधरी, कैलाली टीकापुरका परशुराम चौधरी, कंचनपुर वाणीका भोजबहादुर ताम्राकार, कमला बम, प्रसन राना, सुमी थापा, नसीब चौधरी, शिला चौधरी, गोपाल बुढा, नेहा चौधरी, र कमला थापा रहेका छन् ।
घाइतेको अत्तरियास्थीत पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
कंचनपुरको वाणीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगंज आउदै गरेको ना ४ ख ६७९१ नम्बरको बसको ठक्करबाट कैलाली टिकापुरकी १८ वर्षीय इन्द्रा साउदको मृत्यु भएको हो ।

प्रतिक्रिया