कतारमा हत्या

खोटाङ, १ असोज । तीन वर्षदेखि कतारमा रहेका खोटाङका एक युवकको हत्या भएको छ ।

छितापोखरी–५ धुसेनीका तिलक खड्काको नेपालीद्वारा नै हत्या भएको हो । उनको हत्या गरिएको खबरपछि पत्नी र छोराछोरीको बिचल्ली भएको छ ।
पत्नी र सात छोराछोरीलाई सुख दिन भनेर घरखेत बेचेर व्यक्तिगत भिसामा कतार पुगेका खड्काको झापाका युवाद्वारा हत्या भएको भनिएको छ । खड्काका साथमा आठ लाख रुपियाँ भएकाले उनको हत्या गरिएको परिवारजनको आरोप छ ।
सात छोराछोरी र पत्नीको सहारा खड्काको मृत्युले उनीहरू बिचल्लीमा परेका छन् । खड्काको शव नेपाल ल्याउनसमेत कठिनाइ भएको छ । परराष्ट्र मन्त्रालयमार्फत मृतकको शव ल्याउन मृतकका परिवारले प्रक्रिया थाले पनि हालसम्म सफल भएको छैन ।
खड्काका भाइ परशुरामले दाइको शव ल्याउन पहल गरिदिन अपिल गरे । एक महिनाअघि हत्या भए पनि अहिलेसम्म हत्यारा पहिचान हुन सकेको छैन भने शव ल्याउन पनि सकिएको छैन ।

प्रतिक्रिया