बस र ट्रक दुर्घटना २८ घाइते

दाङ, ३१ भदौ । दाङ जिल्लामा ट्रक र माईक्रो बस एक आपसमा ठोक्किदा २८ यात्रु घाइते भएका छन् । घाईते मध्ये चारको अवस्था गम्भीर छ ।
घोराही–लमही सडक खण्डको लक्ष्मीपुर–१, कुइरेपानीमा दुर्घटना हुँदा माईक्रो बसमा सवार २३ र ट्रकका पाँच यात्रु घाईते हुन् । नेपालगञ्जबाट दाङको तुल्सीपुर आउँदै गरेको बा ३ ख १०७० नम्बरको माईक्रो र घोराहीबाट लमही जाँदै गरेको लु १ ख १४२४ नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको उपचार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा भैरहेको छ ।
घाईते हुनेमा दाङका तिलक बस्नेत, उषा नेपाली, राजुराम पाल, देवकी अधिकारी, गणेश रावत, प्रमिला बिसी, लज्जा विसी, केशरी जिसी, सोनी डिसी, सविन अधिकारी, कोवा अधिकारी, अमिता पौडेल रहेका छन् ।
बाँकेकी सुधा श्रेष्ठ, भारतका मुटुसुदन, सल्यानका बेलबहादुर वली, पवित्रा वली, पूर्ण वली, पञ्चराम केसी तथा बुटवलका दृष्टिना पौडेल, निसाराम पाल, सरिता आचार्य, रोल्पाका नरेश वली, देउमती पुन घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया