घरजग्गा कर्जा ५५ करोडले घट्यो

काठमाडौं, ३१ भदौ । गत आथिर्क वर्षमा घरजग्गा कर्जा ५५ करोड रुपियाँले घटेको छ । नेपाल राष्ट्र बैंकले एकै क्षेत्रमा मात्र धेरै कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा क्षेत्रमा पनि कर्जा प्रवाह घटेको हो । राष्ट्र बैंकको एकै क्षेत्रमा मात्र धेरै कर्जा प्रवाह नगर्न दिएको निर्दैशनपछि बैंकहरूले यस क्षेत्रमा कर्जा प्रवाह घटाउन थालेको हो ।
गत आवमा वाणिज्य बैंकले घरजग्गा कर्जा ६९ अर्ब ५३ करोड दुई लाख रुपियाँमात्र प्रवाह भएको छ । अघिल्लो आवमा घरजग्गा क्षेत्रमा ७० अर्ब ८ करोड ६३ लाख रुपियाँ कर्जा प्रवाह भएको थियो । विगतमा घरजग्गा क्षेत्रमा बंैकका कर्जा केन्द्रित भएपछि जग्गाको मूल्य कृत्रिम रूपमा अकासिएको थियो । मूल्य अकासिएपछि राष्ट्र बैंकले एकै क्षेत्रमा मात्र कर्जा लगानी केन्द्रित नगर्न निर्देशन जारी गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि कृत्रिम रूपमा अकासिएको जग्गाको मूल्य बढ्ने क्रम रोकिएको थियो । आफ्नै बसोबासका लागिभन्दा पनि द्रुततर गतिमा बढेको जग्गाको मूल्यबाट फाइदा लिनमात्र घरजग्गामा लगानी बढेकाले राष्ट्र बैंकले बैंकको लगानी डुब्न नदिन घरजग्गामा सीमा तोकेको केन्द्रीय बैंकले बताउँदै आएको छ ।
कुल कर्जाको ५० प्रतिशतसम्म घरजग्गा क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले बिस्तारै यस क्षेत्रमा कर्जा लगानी घटाउँदै लगेका छन् । गत आवको वार्षिक तथ्यांकमा वाणिज्य बैंकहरूको घरजग्गा क्षेत्रमा कुल कर्जाको ११ दशमलव ३२ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा घरजग्गा क्षेत्रको कर्जा १३ दशमलव ३१ प्रतिशत थियो । पछिल्लो तथ्यांकअनुसार सबै वाणिज्य बैंकको घरजग्गा कर्जा २५ प्रतिशतभन्दा कम रहेको छ ।
त्यस्तो कर्जा सबैभन्दा बढी ग्रान्ड बैंकको २१ दशमलव ३० प्रतिशत रहेको छ । प्रतिशतका आधारमा घरजग्गा क्षेत्रमा सबैभन्दा बढी कर्जा दिने बैंकमा सिद्धार्थ, किस्ट, प्राइम कमसिर्यल, नेपाल इन्भेस्टमेन्ट र सनराइज बैंक रहेका छन् । विगतमा घरजग्गा क्षैत्रमा अत्यधिक ऋण प्रवाह गरेका कारण अन्य कर्जा बढाउन समस्या भएपछि अहिलै सबै बैंकले यस क्षेत्रमा कर्जा प्रवाह कम गरेका छन् । ऋण प्रवाह लगभग ठप्पजस्तै रहेको अहिलेको अवस्थामा भने केही वाणिज्य बैंकले पहिलेकै जस्तो आवास कर्जाकौ लागि ऋण प्रदान गर्न विज्ञापन गर्न थालेका छन् ।
तथ्यांकअनुसार तुलनात्मक रूपमा नयाँ वाणिज्य बैंकले घरजग्गा कर्जामा वृद्धि गरेका छन् भने पुराना बैंकले कर्जा घटाएका छन् । सेन्चुरी, मेगा, कमर्ज एन्ड ट्रस्ट, जनताजस्ता नयाँ बंैकले घरजग्गा कर्जा दु्रत गतिमा बढाएका छन् भने सानिमा, लक्ष्मी, बैंक अफ काठमाडौं, एनएमबी, एनसिसीजस्ता बंैकले घरजग्गा कर्जा दु्रत गतिले घटाएका छन् ।

प्रतिक्रिया