गिरिजाप्रसाद कोइरालाको स्मृतिमा कराते

काठमाडौं : लैनचौर शाखा डोजोको आयोजनामा प्रथम गिरिजाप्रसाद कोइराला स्मृति यु–१४ जुनियर तथा क्याडेट सितोरियो कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४२ डोजो र २१ विद्यालयका ४ सय ७० तथा १ सय १५ महिला खेलाडीको सहभागिता रहने डोजो प्रमुख रामकुमार थारूले जनाएका छन् । पुरुषतर्फ ९ र महिलामा ७ गरी कुल १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अनुमानित बजेट ६ लाख रुपियाँ छ । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । (सौस)

प्रतिक्रिया