नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, २५ भदौ । श्रीलङ्कामा जारी दोस्रो साफ महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलङ्काको कोलम्बोमा भएको सो प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ५–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकोे हो ।
नेपालका लागि जमुना गुरुङले ह्याट्रिक गरिन् भने दीपा अधिकारी र अनु लामाले एक–एक गोल गरे । नेपालको यो लगातार दोस्रो जित हो ।
यसअघि नेपालले पाकिस्तानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया