आयशा सानो पर्दातिर


मुम्बई : बलिउड अभिनेत्री आयशा टाकिया अब सानो पर्दामा देखिने भएकी छन् । वान्टेड र डोरजस्ता चलचित्रबाट छुट्टै पहिचान बनाएकी उनी अब सानो पर्दामा रियालिटी
सो चलाउने तयारी गरिरहेकी छन् । उक्त सांगीतिक रियालिटी सो भारतीय र पाकिस्तानी गीतमा आधारित हुने बुझिएको छ ।
२००४ मा टार्जन द वन्डर कारबाट सर्वश्रेष्ठ नवअभिनेत्रीको पुरस्कार जितेकी उनले त्यसपछि इम्तियाज अलीको सोचना था, सहिद कपुरसँग दिल मागे मोर, सन्डेलगायत चलचित्रमा अभिनय गरेकी छन् ।
आफूलाई केही फरक काम गरेर देखाउन मन लागेकाले अफर आइरहेका केही चलचित्र छाडेरै रियालिटी सोतिर लागेको उनले एजेन्सीलाई बताइन् । (एजेन्सी)

प्रतिक्रिया