कांग्रेसमा दुई समूहवीच फरक मत

काठमाडौं, १७ भदौं । नेपाली कांग्रेसमा संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचका विषयमा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा समूहवीच मत भिन्नता देखिएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज बसेको बैठकमा धारणा राख्ने संस्थापन पक्षका अधिकांस नेताहरुले संसदको नयाँ निर्वाचनमा जानुपर्ने धारणा राखेको एक सदस्यले जानकारी दिए । वरिष्ठ नेता देउवा पक्षधर मानिने सदस्यहरुले भने छोटो समयका लागि भए पनि संविधानसभा पुनःस्थापनामा जानुपर्ने निर्णय गर्न केन्द्रीय समितिलाई दबाव दिएका छन् ।
वरिष्ठ नेता देउवाले संविधानसभा पुनःस्थापनाको माग गर्दै आएका छन् ।
‘संस्थापन पक्षका मानिने सदस्यहरुले नयाँ निर्वाचनमा जानुपर्छ भनेका छन्,’ एक सदस्यले भने, ‘देउवा समूहका सदस्यहरुले संविधानसभा पुनःस्थापनामा जान दबाव दिएका छन् ।’
यसैवीच, कांग्रेसले उप–सभापति रामचन्द्र पौडेल नेतृत्वको नीति तथा कार्यक्रम प्रशिक्षण प्रतिष्ठानको योजना, कार्यक्रम तथा कार्यादेश पारित गरेको छ । बैठकले प्रतिष्ठानले गरेको कार्यक्रमलाई पनि अनुमोदन गरेको छ ।
क्रियाशिल सदस्या वितरण, नवीकरणलगायतका निर्णय गरेको कांग्रेसले संगठन विभाग र अञ्चल संयोजकहरुलाई पनि विभिन्न जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया