प्युठानमा तिर्थालुको मृत्यु

दाङ, १२ भदौ । प्युठानमा स्वर्गद्धारी दर्शन गर्न आएका एक तिर्थालुको लडेर ज्यान गएको छ ।
कपिलवस्तु बिसनपुर–६ बस्ने अन्दाजी ७५ वर्षीय दुलारी बढईको बसबाट झरेर सोमबार राति मृत्यु भएको हो । भिंगृ–२ मा उनी लडेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मोटर बाटोको सानो ढिस्कोबाट लडेका उनको घटनास्थलमै ढुङगामा टाउको ठोक्किएर ज्यान गएको प्रहरी निरीक्षक कृष्ण कार्कीले बताए ।
आफन्त र गाउँलेसहित बस रिजर्भ गरेर स्वर्गद्धारी बाबाको दर्शन गर्न उनीहरु जान लागेका थिए ।

प्रतिक्रिया