व्यवसाय बिना सञ्चार संस्था चल्दैन

हेटौंडा, ८ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग व्यवसायीहरु नफष्टाएसम्म नेपालका सञ्चार संस्था सञ्चालनमा कठीनालाई हुने जनाएका छन् ।
हेटौंडामा आज आर्थिक पत्रकारिता तालिमको उद्घाटन गर्दै उनले सम्पूर्ण सञ्चार माध्यमको आम्दानीको श्रोत भनेकै विज्ञापन रहेको बताए । उनले सर्कुलेशन र ग्राहक शुल्कको पैसाले मात्रै सञ्चार संस्था सञ्चालन हुन नसक्ने बताए ।
वार्षिक रुपमा साढे तीन सय करोड रुपियाँ विज्ञापन कारोवार भित्रवाट देशका सानाठूला सञ्चार माध्यम चलेको उनले बताए ।
उनले देशमा पत्रकारिताका कारणले बहुराष्ट्रिय परियोजना फर्किएको र स्थापित पनि भएको बताए । उनले भने, ‘पत्रकारहरु जिम्मेवार भएर राष्ट्रिय हित हेरेर लेख्नु पर्छ ।’

प्रतिक्रिया