कोइराला नै विवादको जडः देउवा

काभ्रे, ३ भदौ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी विवादको मुल कारकतत्व सभापति सुशील कोइराला भएको आरोप लगाएका छन् ।
सभापति कोइरालाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूवीच भएको सहमति उलंघन गरी पार्टी भित्र विवाद सृजना गरेको देउवाको आरोप थियो ।
‘हामी वीच पार्टी एकीकरण गरी महाधिबेशन पश्चात भातृ संगठनहरुको निर्वाचन गर्ने भन्ने सहमति थियो,’ उनले भने, ‘सुशील कोइराले भातृसंगठनहरु भङ्ग गरी सहमति तोडे ।’
धुलिखेलमा आज आयोजित कार्यक्रममा उनले सभापति कोइरालाले पार्टी एकीकरणको खिलापमा जाने अधिकार नरहेको बताए ।
उनले आफूलाई प्रधानमन्त्री बन्न र पदको लोभका कारण विवाद झिकेको आरोप लगाउनेहरुलाई फटाहाको संज्ञा दिएका छन् ।
नेता देउवाले विधि र नियम मिचेर भातृसंगठन विघटन गरेर विभाग गठनमा कोइरालाले निहुँ खोजेको आरोप लगाए । ‘कोइरालाको निरंकुशता विरुद्ध महासमितिसम्म जाने छौं,’ उनले भने, ‘त्यसको शुरुवात राजीनामा र नोटअफ डिसेन्टबाट भैसकेको छ ।’

प्रतिक्रिया