युवा/विद्यार्थीद्वारा बालुवाटार ‘घेराउ’

काठमाडौं, ३ भदौ । विपक्षी दलसम्बद्ध विभित्र १७ युवा–विद्यार्थी संगठनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार ‘घेराउ’ गरेका छन् ।
वर्तमान सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका युवा/विद्यार्थी संगठनले गत साउन–३२ गते देशभर गरेको सरकारको पक्ष र विपक्षको मतदानको परिणामसहित बिहान ९ बजेदेखि १० बजेसम्म एक घन्टा बालुवाटार ‘घेराउ’ गरेका हुन् ।
विद्यार्थीको प्रदर्शनलाई ध्यानमा राखी बिहानैदेखि बालुवाटार आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रदर्शनका कारण बालुवाटार क्षेत्रको यातायात अस्तव्यस्त हुँदा कामकाजी कर्मचारी तथा सर्वसाधारणलाई सास्ती भएको प्रहरीले जनाएको छ ।
वर्तमान सरकार वा राष्ट्रिय सहमतिको सरकार भत्रे पक्ष र विपक्षमा देशभर १५ लाख २६ हजार ८३५ मत खसेकामा १४ लाख ८७ हजार ३१० सहमतीय सरकारको पक्षमा र १९ हजार ८०१ वर्तमान सरकारको पक्षमा मत खसेको थियो । तीमध्ये १९ हजार ७२४ मत बदर भएको थियो ।
सरकारको पक्ष विपक्षमा हालै गरिएको मत परिणामसहित ‘एक घन्टा बालुवाटार घेराउ’को कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताए ।

प्रतिक्रिया