यात्री र बेलवासे पुरस्कृत

काठमाडौं : युवाकवि मोतीराम भट्टको १४७औं जन्मजयन्तीको अवसरमा साहित्यकारद्वय कृष्णकुमार शाह यात्री र ठाकुर बेल्बासेलाई संयुक्त रूपमा यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरिएको छ । नेपाली शिक्षा परिषद्द्वारा राजधानीको सोह्रखुट्टेस्थित आफ्नै कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले शाह र बेल्बासेलाई स्वर्णपदक, सम्मानपत्र र २५–२५ हजार नगद पुरस्कारले सम्मानित गरे । २०४२ देखि निरन्तर प्रदान गरिँदै आएको यस पुरस्कारको राशि प्रारम्भमा दस हजार भए पनि यो वर्षदेखि राशि बढाएर ५० हजार रुपियाँ पुर्‍याइएको हो । (सौस)

प्रतिक्रिया